एन्जाइटी के हो, यसलाई कसरी कम गर्ने ?
एन्जाइटी भनेको चिन्ता, डर र बेचैनीको भावना हो । यसलाई तपाईँ हाम्रो मनमा उत्पन्न हुने आशंका, तनाव र बैचैनीका रुपमा पनि लिन सकिन्छ । यो तपाईंको विचार वा वरिपरिको घटनाले उत्पन्न गराउँछ ।
कहिलेकाहीँ सामान्य, यदाकदा हुने एन्टाइटी लाभलायक नै हुन्छ । किनकी यसले सम्भावित जोखिमप्रति सतर्क गराउँछ । तर जब भविष्यमा हुनसक्ने घटनालाई लिएर यति तीव्र र अस्वभाविक डर वा भय उत्पन्न हुन्छ, यसले मानसिक स्वास्थ्यमा असर पर्छ ।
कुनै पनि चुनौती सामना गर्दा, कामको सिलसिलामा, पारिवारिक समस्याहरू, वा असफलताका कारण उत्पन्न हुने अवस्था स्ट्रेस हो । र, समस्या समाधान भएसँगै स्ट्रेस पनि हराउँदै जान्छ । तर एन्टाइजीमा प्रष्ट कारण हुन्न । यो मनमा आएका विचारहरुबाट उत्पन्न हुन्छ र स्ट्रेसको तुलनामा निकै लामो समयसम्म रहन्छ ।
एन्जाइटीले शारीरिक र मनोवैज्ञानिक दुबै रुपमा असर गर्ने मनोरोग विशेषज्ञ डा. सरोज ओझा बताउँछन् । उनका अनुसार मनमा अनेक विचारहरू आउनु, आशंका पैदा हुनु, डर लाग्नु, विना कारण रुन मन लाग्नु, मनोवैज्ञानिक असर हो । अनि टाउको धेरै दुख्नु, शरीरका विभिन्न अंग दुख्नु, शरीर काप्नु, पसिना आउनु, धड्कन बढ्नु एन्जाइटीको शारीरिक असर हो ।
लामो समयसम्म एन्जाइटी भएमा हाम्रो सम्पूर्ण स्वास्थ्य र जीवनशैलीमै गम्भीर असर पार्न सक्छ । थप जानकारी भिडियोमा

मन्त्रीज्यू ! घरमै सुत्नुस् संसदमा होइन

महिला टी–२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा हुने

झण्डै २ लाख भत्ता बुझेका थिए, अहिले परिवार नै बेपत्ता

'बाँदरका कारण गाउँमा मान्छे सक्किसके, हामी अपजस खेपेर बस्नुपरेको छ'

मुम्बईबाट २ हप्ताअघि आएका दिदीबहिनी भक्तपुरमा मृत भेटिए
