'७ दिनभित्र सहकारी प्राधिकरण गठन प्रक्रिया सुरु गर्नू'
सर्वोच्च अदालतले एक हप्ताभित्र सहकारी नियमन प्राधिकरण गठन प्रक्रिया सुरु गर्न सरकारलाई आदेश दिएको छ ।
कानुन व्यवसायी र सहकारी पीडितले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेले प्राधिकरण गठन नहुँदा सहकारीको सम्पत्ति बिक्री गरेर वचतकर्ताको वचत फिर्ता गर्ने प्रक्रिया अघि बढ्न नसकेको ठहर गरेको छ ।
सरकारले २०८१ चैत १८ गते सहकारी ऐन संशोधन गरेर राष्टिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने र प्राधिकरणबाट वचत तथा ऋण सहकारी संस्थाको नियमन र सुपरीवेक्षण गर्ने व्यवस्था गरेको छ ।
तर प्राधिकरण गठनको कानुनी व्यवस्था गरेको दुई महिना भइसक्दा पनि प्राधिकरण गठन हुन नसकेको भन्दै सर्वोच्चले प्राधिकरणका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस समिति गठन गर्न सरकारलाई ७ दिनको समय दिएको छ ।
‘... आजका मितिले बढीमा ७ दिनभित्र सिफारिस समिति गठन गरी बढीमा एक महिना १५ दिनभित्र ... प्राधिकरण गठन गर्नू’, फैसलामा भनिएको छ ।
सर्वोच्चले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति वा ऋण दिँदा लिएको धितो सुरक्षण बिक्री गरी वचतकर्ताको वचत फिर्ता गर्ने व्यवस्था पनि तत्काल गर्न सरकारलाई आदेश दिएको छ ।
त्यस्तै सहकारी वचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ ले औंल्याएको सुझाव तिब्रताका साथ कार्यान्वयन गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
बालश्रमसम्बन्धी नयाँ विधेयक : बालेनले अब भन्नु पर्दैन सरी !
कृषि अनुदानको नाममा राज्यकोषको यो हदको दुरुपयोग !
सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा
सुरुङमार्गबाट कसरी हरायो केपी ओलीको शिलालेख ?








