बीपी राजमार्गको अहिले नै यो हालत, वर्षायाममा के हुन्छ ?
२९ वैशाखमा रोशी खोलामा अप्रत्यासित बाढी आयो । त्यो बाढीले बिपी राजमार्गको विभिन्न ठाउँको डाइभर्सन बगायो । राजमार्ग अवरुद्ध भयो । रोशी गाउँपालिकाको माम्ती खोला नजिकै अस्थायी सडक बगायो ।
केही ठाउँमा गाडीहरु खोला पार गर्दागर्दै बाढीमै फसे । काठमाडौंबाट गएका गाडी भकुण्डेबेसी र सिन्धुलीतिरबाट आएका गाडी नेपालथोक र खुर्कोटमै रोकिए । कयौं यात्रुहरु अलपत्र परे ।
प्रिमनसुन समेत सक्रिय नभई यत्रो हाहाकार ? अनि बाढी गएको ९ महिनासम्म सरकार के हेरेर बस्यो ? खोलाको सतह बढ्नासाथ राजमार्ग अवरुद्ध हुने अवस्था कसरी आयो ?
अझै पनि सरकार बिपी राजमार्गलाई वर्षायाममा सहज ढंगले चलाउने गरी काम गर्ने पक्षमा छैन ।
त्यसैले अबको वर्षायाम बिपी राजमार्गमा यात्रा गर्नेहरुले सरकारको हैन, भगवानको भरोसामा हिँड्नुपर्नेछ ।
गत असोज १० र ११ गतेको अबिरल वर्षापछिको बाढी र पहिरोले बिपी राजमार्गको थुप्रै ठाउँ क्षत विक्षत बनाएको छ । धुलिखेलदेखि चौकीडाँडासम्मको खण्डमा पहिरोले राजमार्गका धेरै ठाउँमा क्षति पुर्याएको छ ।
अझ चौकीडाँडादेखि नेपालथोकसम्मको खण्डमा भने थुप्रै ठाउँमा बाढीले सडक नै बगाएको छ । बीपी राजमार्गको करिब ११ किलोमिटर सडक स्वीप आउट भएको छ । त्यहाँ अहिले डाइभर्सन अर्थात् अस्थायी कच्ची सडक मात्रै छ ।
ठाउँ ठाउँमा रोशी खोलालाई डाइभर्ट गरेर गाडी गुडाइएको छ । गत वर्ष दशैंका लागि हतारहतार ट्रयाक खोलेर चलाइएको सडकको हाल अहिले पनि उस्तै छ । त्यसैले यो बाटोको यात्रा अहिले पनि जोखिम र सास्तीले भरिएको छ ।
सरकारलाई यो कुरा थाहा नभएको हैन । गत माघ २५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल दलबलसहित बीपी राजमार्गको स्थलगत निरीक्षणमै गएका थिए । उनले बाढीले क्षति गरेको खण्डमा तुरुन्त पुनर्निर्माण थाल्न निर्देशन पनि दिएकै हुन् ।
तर, स्टन्टका लागि दिइने निर्देशनले काम गर्दैन, काम गर्न योजना, बजेट र जाँगर चाहिन्छ । सबैभन्दा बढी त काम गर्ने तत्परता चाहिन्छ । थप जानकारी भिडियोमा :
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी


-1761836913.jpg)






