पाथीभरामा केवलकार बनाउन बाटो खुल्यो
ताप्लेजुङको पाथीभरा (मुक्लुमलुङ) मा केवलकार निर्माण गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतले यसअघि चैत १३ गते केवलकार निर्माण यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
बुधबार न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले चैत १३ गतेको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएको हो ।
यो आदेशसँगै पाथीभरामा केबलकार निर्माण सुरु गरेको पाथीभरा देवी दर्शन केवलकार प्रालिलाई काम अघि बढाउन बाटो खुलेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
पाथीभरामा केवलकार निर्माण गर्ने कम्पनी व्यवसायी चन्द्रप्रसाद ढकालको हो । उनले केवलकार निर्माण अगाडि बढाएपछि पहिचान पक्षधर स्थानीय बासिन्दाले पाथीभराको धार्मिक मान्यता अनुसार केवलकार बनाउन नहुने भन्दै अवरोध गरेका थिए ।
स्थानीयको अवरोधपछि सुरक्षाकर्मी परिचालन गरेर पनि काम अगाडि बढाइएको थियो । त्यही बेला यामबहादुर लिम्बूसहित ७ जनाले केवलकार निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी


-1761836913.jpg)






