पाथीभरामा केवलकार बनाउन बाटो खुल्यो
ताप्लेजुङको पाथीभरा (मुक्लुमलुङ) मा केवलकार निर्माण गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतले यसअघि चैत १३ गते केवलकार निर्माण यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
बुधबार न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले चैत १३ गतेको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएको हो ।
यो आदेशसँगै पाथीभरामा केबलकार निर्माण सुरु गरेको पाथीभरा देवी दर्शन केवलकार प्रालिलाई काम अघि बढाउन बाटो खुलेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
पाथीभरामा केवलकार निर्माण गर्ने कम्पनी व्यवसायी चन्द्रप्रसाद ढकालको हो । उनले केवलकार निर्माण अगाडि बढाएपछि पहिचान पक्षधर स्थानीय बासिन्दाले पाथीभराको धार्मिक मान्यता अनुसार केवलकार बनाउन नहुने भन्दै अवरोध गरेका थिए ।
स्थानीयको अवरोधपछि सुरक्षाकर्मी परिचालन गरेर पनि काम अगाडि बढाइएको थियो । त्यही बेला यामबहादुर लिम्बूसहित ७ जनाले केवलकार निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य








