मेस्सीको भन्दा रोनाल्डोको कमाइ कति बढी ?
अमेरिकी म्यागजिन फोब्र्सले पछिल्लो एक वर्षको कमाइका आधारमा धेरै कमाइ गर्ने १० खेलाडीको सूची सार्वजनिक गरेको छ ।
जसमा रोनाल्डो लगातार तीन वर्षदेखि शीर्ष स्थानमा छन् । समग्रमा भने ५ पटक शीर्ष स्थानमा रहे ।
फोर्ब्सका नुसार पछिल्लो १२ महिनामा रोनाल्डोले तलब र अफ फिल्ड व्यवसायबाट २७५ मियिलन डलर कमाएका छन् । यसमा कर र एजेन्ट शुल्क कटाइएको छैन ।
फोर्ब्सका अनुसार एक वर्ष अवधिमा यति धेरै कमाउने जीवित खेलाडी रोनाल्डो बाहेक अर्का एक जना मात्र छन् ।
सन् २०१५ मा बक्सर फ्लायड मेवेदरले ३०० मिलियन र २०१८ मा २८५ मिलियन कमाएका थिए ।
नोट गर्नुपर्ने अर्को कुरा के छ भने यो वर्ष सर्वाधिक कमाउने दोस्रो नम्बरमा रहेका खेलाडी र रोनाल्डोको कमाइ अन्तर हो ।
गत सेप्टेम्बरमा आधिकारिक म्याचमा ९०० गोल गर्ने पहिलो फुटबलर बनेका रोनाल्डो साउदी अरेबियाको क्लब अल नासिरबाट व्यवसायिक फुटबल खेल्छन् ।
उनले पछिल्लो वर्ष मात्र वेयरबल टेक कम्पनी हूपका साथै माटोका भाडा बनाउने चिनियाँ कम्पनी विस्टा एलेग्रे र सप्लिमेन्ट ब्राण्ड बोयोनिकमा समेत लगानी गरेका छन् ।
किङ्ग्सम्यान फिल्मका लेखक एवं निर्देशक म्याथु वानसँग मिलेर फिल्म स्टुडियो पनि बनाएका छन् । गत अगष्टमा रोनाल्डोले युट्युब च्यानल खोल्दा युट्युबमा यसअघि बनेका सबै रेकर्ड तोडियो ।
सर्वाधिक कमाउने दोस्रा खेलाडी हुन् स्टिभन करी । अमेरिकी बास्केटबल खेलाडी स्टिभनको कमाइ १५६ मिलियन डलर अनुमान गरिएको छ । यो रोनाल्डोको भन्दा ११९ मिलियन कम हो ।
तेस्रो नम्बरमा अमेरिकी बक्सर टाइसन फ्युरी छन् । उनको अनुमानित कमाइ १४६ मिलियन छ ।
चौथो नम्बरमा पनि अमेरिकी खेलाडी नै छन् । सकर खेलाडी ड्याक प्रेस्कटले १३७ मिलियन कमाउँछन् ।
सर्वाधिक कमाउने खेलाडीहरुको सूचीको पाँचौं नम्बरमा भने लिओनल मेस्सी छन् । फोर्ब्सका अनुसार मेस्सीको एक वर्षको अनुमानित कमाइ १३५ मिलियन डलर छ ।
संसारको कुनै पनि पुरुष खेलाडीले लिगमा त्यति महत्व राख्दैन, जति अमेरिकी मेजर लिगका लागि मेस्सीले राख्छन् ।
किनकी इन्टर मियामीमा मेस्सी आवद्ध भएसँगै लिगको रेभेन्यू र भ्यालुएसन दुबै बढेको छ ।
मैदान बाहिर मेस्सीको एडिडाससँग आकर्षक सम्झौता छ । उनले हालै मात्र रोसारियो नामक एक प्रोडक्सन कम्पनी खेलेका छन् ।
गत वर्ष उनले आफ्नै स्पोर्टस् ड्रिंक लञ्च गर्ने घोषणा गरेका थिए, जसको नाम मास प्लस हुनेछ । तर बोतलको डिजाइन मिलेको विषयमा अमेरिकी बक्सर तथा इन्फ्युएन्सर लोगन पलको प्राइम हाइड्रेसनसँग कानुनी लडाइ लड्नुपरेको छ ।
मेस्सीको कमाइ रोनाल्डोको तुलनामा आधा मात्र छ । तर त्यसमा एउटा रोचक भिन्नता छ ।

शिक्षा विधेयकमा सरकारको २७ बुँदे संशोधन, सांसदहरुको आपत्ति

उच्च अदालतको मुख्य न्यायाधीशमा ४ जना सिफारिस

काठमाडौं महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा

क्यामेरादेखि रिसाएका शम्भु थापा

सर्वोच्चको न्यायाधीशमा ३ जना सिफारिस
