क्रिकेट संघमा फेरि सुरु भयो राजनीतिक खेल
लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङलाई अविश्वास प्रस्तावमार्फत हटाइयो ।
सुदूरपश्चिम प्रदेश अध्यक्ष बसुलाल जोशीविरुद्ध पनि अविश्वासको प्रस्ताव तयारी अवस्थामा छ । र, अविश्वास प्रस्ताव तयार गर्नेहरुको बहुमत भएकाले जोशी कुनै पनि बेला हट्न सक्छन्
पछिल्लो एक दशक राजनीतिले नराम्रोसँग गिजोलिएको क्रिकेट संघ झण्डै २ वर्षदेखि राजनीतिबाट टाढा देखिएको थियो । तर पछिल्लो विवादले लयमा आउन लागेको क्रिकेटलाई फेरि विथोल्ने त होइन भन्ने चिन्ता जन्माएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको विवाद हेर्दा लाग्छ, नेपाल क्रिकेट संघ (क्यान) मा फेरि राजनीति सुरु भएको छ ।
लुम्बिनी प्रदेश क्रिकेट संघको अध्यक्षबाट हटाइएका सञ्जय गुरुङले त केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दमाथि नै प्रश्न उठाएका छन् ।
चन्दकै सक्रियतामा आफूविरुद्ध अविश्वास प्रस्ताव आएको उनको दाबी छ ।
आखिर क्रिकेट संघमा के भइरहेको छ ? यसमा अध्यक्षको भूमिका के छ ? थप जानकारी भिडियोमा :

धेरै र थोरै जनसंख्या भएका १० निर्वाचन क्षेत्र

नेपालमा २६ अर्बको चिनियाँ लगानीमा भारतको अवरोध

चीनलाई भैंसीको मासु बेच्न २७ अर्बको फ्याक्ट्री खुल्दै

अब फ्रि वाइफाइ मोबिलिटी सेवा बन्द

हेलिकप्टरबाट देखिन्न तराई-मधेशको संकट
