प्रहरीले भन्यो : पठाओ र इन्ड्राइभ राइडरले धेरै पैसा लिए फोन गर्नू

यातायात व्यवसायीले हड्ताल गरेको दिन पठाओ र इनड्राइभजस्ता राइड सेयर मार्फत सेवा दिँदै आएका राइडरहरुले यात्रुसँग जथाभावी पैसा असुलेको पाइएको छ ।
तोकिएको भन्दा दोब्बरसम्म बढी पैसा असुल्ने, अफलाइनमा जान बाध्य पार्नेजस्ता काम गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
निजी सवारी साधनका रुपमा दर्ता भएका मोटरसाइकल र कारले पठाओ र इनड्राइभमार्फत यात्रु ओसार पसार गरेको भन्दै यातायात व्यवसायी विरोधमा उत्रिएका हुन् ।
उनीहरुले त्यही कारण सोमबार एक दिन यातायात हड्ताल गरेका छन् । यही कारण यात्रुहरु मर्कामा परेका बेला राइडरहरुले पनि जथाभावी पैसा असुलेर ठगी गरेका हुन् ।
राइडरहरुबाट ठगिएका यात्रुले सामाजिक सञ्जालमा गुनासो गर्नुका साथै प्रहरीलाई पनि जानकारी गराएका छन् ।
नेपाल प्रहरीले सोमबार बिहान एक सूचना जारी गरेर यात्रुहरुसँग बढी भाडा नलिन र अफलाइनमा बार्गेनिङ नगर्न आग्रह गरेको छ ।
यदि कुनै राइडरले त्यसो गरेमा १०३ मा तत्काल फोन गरिदिन पनि प्रहरीले सूचना जारी गरेको छ ।

दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

हरेक उथलपुथलपछि आउँछ सन्दुकलाई प्रस्ताव, उनी भन्छन् – बिरामीको सेवामै खुशी छु

सर्वोच्चको नियमित सेवा अनिश्चितकालका लागि स्थगित

आन्दोलनका नाममा आगजनी योजनावद्ध षड्यन्त्र हुनसक्छ : प्रधानमन्त्री कार्की

आइसक्रिम चोर्ने शिक्षकको जागिर चट्
