प्रहरीले भन्यो : पठाओ र इन्ड्राइभ राइडरले धेरै पैसा लिए फोन गर्नू
यातायात व्यवसायीले हड्ताल गरेको दिन पठाओ र इनड्राइभजस्ता राइड सेयर मार्फत सेवा दिँदै आएका राइडरहरुले यात्रुसँग जथाभावी पैसा असुलेको पाइएको छ ।
तोकिएको भन्दा दोब्बरसम्म बढी पैसा असुल्ने, अफलाइनमा जान बाध्य पार्नेजस्ता काम गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
निजी सवारी साधनका रुपमा दर्ता भएका मोटरसाइकल र कारले पठाओ र इनड्राइभमार्फत यात्रु ओसार पसार गरेको भन्दै यातायात व्यवसायी विरोधमा उत्रिएका हुन् ।
उनीहरुले त्यही कारण सोमबार एक दिन यातायात हड्ताल गरेका छन् । यही कारण यात्रुहरु मर्कामा परेका बेला राइडरहरुले पनि जथाभावी पैसा असुलेर ठगी गरेका हुन् ।
राइडरहरुबाट ठगिएका यात्रुले सामाजिक सञ्जालमा गुनासो गर्नुका साथै प्रहरीलाई पनि जानकारी गराएका छन् ।
नेपाल प्रहरीले सोमबार बिहान एक सूचना जारी गरेर यात्रुहरुसँग बढी भाडा नलिन र अफलाइनमा बार्गेनिङ नगर्न आग्रह गरेको छ ।
यदि कुनै राइडरले त्यसो गरेमा १०३ मा तत्काल फोन गरिदिन पनि प्रहरीले सूचना जारी गरेको छ ।
काठमाडौंमा मृगौला किनबेचको असफल प्रयास
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
बालश्रमसम्बन्धी नयाँ विधेयक : बालेनले अब भन्नु पर्दैन सरी !
कृषि अनुदानको नाममा राज्यकोषको यो हदको दुरुपयोग !
सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा








