आज दोस्रो दिन पनि यातायात हड्ताल, राइड सेयर नियमावली स्थगित गर्नुपर्ने अडान
यातायात व्यवसायीहरुले गरेको हड्ताल आज दोस्रो दिन पनि जारी छ । गण्डकी प्रदेशले ल्याएको राइड सेयरसम्बन्धी नियमावली खारेजीको मुख्य माग राखेर यातायात व्यवसायीले जेठ १९ देखि हड्ताल गरेका थिए ।
सोमबार राति मध्यरातसम्म सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता भएको थियो । त्यस क्रममा प्रधानमन्त्री कार्यालय मार्फत गण्डकी प्रदेश सरकारलाई राइड सेयर नियमावली स्थगित गर्न लगाउने सहमति भएको थियो । र यातायात व्यवसायीले यातायात सञ्चालन गर्ने सहमति भएको थियो ।
तर यातायात व्यवसायीले भने गण्डकी प्रदेश सरकारले राइड सेयर नियमावली स्थगित गरेपछि मात्र हड्ताल फिर्ता लिने बताएका छन् ।
हड्तालका कारण आज पनि सर्वसाधारणले सार्वजनिक यातायात चढ्न पाएका छैनन् । सार्वजनिक यातायात नचल्दा समस्यामा परेका यात्रुसँग राइड सेयर र निजी सवारी साधनले अत्यधिक भाडा असुलेका छन् ।
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य








