टिचिङ अस्पतालमा अपरेसनबाट लिंग परिवर्तन
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले लिंग परिवर्तनको अपरेसन गरेको छ ।
त्रिवि शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागले २०८२ जेठ १२ देखि १५ गतेसम्म लिंग परिवर्तनसम्बन्धी विभिन्न अपरेसनहरु गरेको प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिएका छन् । उनका अनुसार यो अपरेशन नेपालमै पहिलो पटक भएको हो ।
जनकपुरकी २५ वर्षकी समलिंगी–तेस्रोलिंगी महिलाको लिंग परिवर्तन गरिएको छ । उनीसँग भएको पुरुष लिंगको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको यौनांग बनाएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । त्यस्तै केही व्यक्तिको अनुहार तथा स्तनसम्बन्धी अपरेशन पनि गरिएको छ ।
यसका लागि शिक्षण अस्पतालले विदेशी प्लास्टिक सर्जन डा. अलिरेजा हमिदियन जारोमीलाई बोलाएको थियो । त्रिवि शिक्षण अस्पतालबाट भने प्लाप्टिक सर्जरी विभागका प्रमुख प्रा.डा. जयनमान श्रेष्ठसहित विभागका सबै प्लास्टिक सर्जनहरु सहभागी भएका थिए ।
जसमा डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. संगीत शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला थिए । त्यस्तै ६ जना रेजिडेन्ट डाक्टरहरु पनि सहभागी भएका थिए ।
त्रिविका प्लास्टिक सर्जरी विभाग प्रमुख जयनमान श्रेष्ठले अब अस्पतालमा जेन्डर अफिरमिङ क्लिनिक नै स्थापना गरेर नियमित रुपमा सेवा दिने बताएका छन् ।
समलिंगी तेस्रोलिंगी समुदायमा कतिपय व्यक्ति लिंग परिवर्तन गर्न चाहन्छन् । नेपालमा पनि कतिपय समलिंगी तेस्रोलिंगीले अपरेशन गरेर लिंग परिवर्तन गरेका छन् । तर त्यसका लागि विदेश जानुपर्ने र धेरै खर्च गर्नुपर्ने बाध्यता छ ।
त्रिवि शिक्षण अस्पतालमा प्रवक्ता डा. सेढाइका अनुसार नेपालमा नै अपरेशनबाट लिंग परिवर्तनको सुविधा पाएपछि समलिंगी तेस्रोलिंगी समुदायलाई राहत हुनेछ ।
नयाँ सरकारले नेपाली पहिचान दिलाउने 'पीएनओ' को आशा
इन्डक्सन कि इन्फ्रारेड ? मूल्य र बिजुली बिलको हिसाब किताब
खुला चौरमा फ्रि ग्यास, जसले पनि गर्न पाउँछ प्रयोग
छुट्टीमा आएर विवाह गर्छु भन्थे, शव कुर्दैछन् बाबुआमा
एकै छिनमा मेटियो दाउरा थकाली, कसरी लाग्यो आगो ?

-1773931562.jpeg)
-1773930665.jpeg)




