समाज
सर्वोच्चको न्यायाधीशमा ३ जना सिफारिस
न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको परिषद बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो ।
वकिल तर्फबाट न्यायाधीश सिफारिस भएका पोखरेल सर्वोच्च अदालत बार एशोसिएनका अध्यक्ष हुन् ।
अब उनीहरुको संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछ । सर्वोच्च अदालतमा ४ जना न्यायाधीश पद रिक्त छ, तर न्याय परिषदले ३ जनाको मात्र नाम सिफारिस गरेको छ ।
प्रकाशित मिति:
मंगलबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






