काठमाडौं महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धानले काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको छ ।
बुधबार अख्तियारले महानगरपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, निर्देशक रविनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुमाथि सामाखुशी करिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणको ठेक्कामा भ्रष्टाचार गरेको आरोप छ । यो ठेक्का समानान्तर सेवा प्रालिलाई नदिनका लागि ठेक्कामा पेन्डिङ लिटिगेसन नहुने विषयलाई पेन्डिङ लिटिगेसन रहेको भनी अपव्याख्या गरेको अख्तियारको भनाइ छ । उनीहरुले मनसायपूर्वक नै गलत मूल्यांकन प्रतिवेदन खडा गरी समानान्तरलाई ठेक्का नदिएको अख्तियारको भनाइ छ ।
यो ठेक्कामा कल्पवृक्ष कोहिनुर जेभीले २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसा प्रस्ताव गरेको थियो । समानान्तरले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो । तर समानान्तरलाई अयोग्य देखाएर कल्पवृक्षलाई ठेक्का पारेको अख्तियारको दाबी छ ।
यसरी उनीहरुले कम कबोल गर्नेलाई नदिएर बढी कबोल गर्नेलाई ठेक्का दिएर ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा सरकारलाई घाटा गराएको अख्तियारको भनाइ छ ।
अख्तियारले उनीहरुविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
'कोरिया गएको साथीले ८० लाखमा घडेरी किन्यो, म १० लाख ऋणमा छु'
बाबुल टाढिँदै थिए, नितु गइन् झन् टाढा ...
भिजिट भिसामा तीर्थराजको रेट ४० हजार
हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला
मधेशमा २४ दिनमै ढल्यो एमाले सरकार, अर्को गठनका लागि २ दिन समय





-1767872172.jpg)
