उच्च अदालतको मुख्य न्यायाधीशमा ४ जना सिफारिस
न्याय परिषदले उच्च अदालतको मुख्य न्यायाधीशका लागि ४ जना नियुक्ति सिफारिस गरेको छ ।
शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालतहरुमा कार्यरत वरिष्ठतम न्यायाधीशहरुलाई मुख्य न्यायाधीश नियुक्ति र पदस्थापनको सिफारिस गरेको हो ।
जसअनुसार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश राजनप्रसाद भट्टराई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्ति सिफारिस भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर पाटनकै मुख्य न्यायाधीश सिफारिस भएका न्यायपरिषदका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए ।
उच्च अदालत विराटनगरको ओखलढुंगा इजलास न्यायाधीश हरिप्रसाद भण्डारी उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस भएका छन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारी उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा सिफारिस भएका छन् ।
मुख्य न्यायाधीशमा सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नियुक्ति र शपथ गराउनेछन् ।
न्यायपरिषदले उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा गरेको छ ।
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी


-1761836913.jpg)






