उच्च अदालतको मुख्य न्यायाधीशमा ४ जना सिफारिस
न्याय परिषदले उच्च अदालतको मुख्य न्यायाधीशका लागि ४ जना नियुक्ति सिफारिस गरेको छ ।
शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालतहरुमा कार्यरत वरिष्ठतम न्यायाधीशहरुलाई मुख्य न्यायाधीश नियुक्ति र पदस्थापनको सिफारिस गरेको हो ।
जसअनुसार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश राजनप्रसाद भट्टराई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्ति सिफारिस भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर पाटनकै मुख्य न्यायाधीश सिफारिस भएका न्यायपरिषदका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए ।
उच्च अदालत विराटनगरको ओखलढुंगा इजलास न्यायाधीश हरिप्रसाद भण्डारी उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस भएका छन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारी उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा सिफारिस भएका छन् ।
मुख्य न्यायाधीशमा सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नियुक्ति र शपथ गराउनेछन् ।
न्यायपरिषदले उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा गरेको छ ।
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड

-1790087654.png)






