यातायात कार्यालयका अधिकृतविरुद्ध झण्डै ३ करोडको भ्रष्टाचार मुद्दा
यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत कमलराज गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले जागिर अवधिमा २ करोड ८९ लाख २० हजार २६८ रुपैयाँ गैरकानुनी आर्जन गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
२०५५ साल वैशाख ७ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७९ चैत २४ गतेसम्मको अवधिमा ५ करोड ४० लाख ९८ हजार रुपैयाँ कमाइ गरेका थिए । तर उनको वैधानिक आम्दानी २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ मात्र हुने भन्दै अख्तियारले बाँकी कमाइ भ्रष्टाचारबाट आर्जन भएको दाबी गरेको छ । गौतम यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पर्साका आठौं तहका अधिकृत हुन् ।
उनले भ्रष्टाचारबाट कमाएको पैसाले घरजग्गा, गाडी र शेयर खरिद, बैंकमा रकम वचत गरेको र बिमाको प्रिमिय भुक्तानी गरेको देखिएके अख्तियारको दाबी छ ।
अख्तियारले उनको स्रोत नखुलेको २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ असुल गर्न पनि भनेको छ । भ्रष्टाचारबाट कमाएको पैसाले खरिद गरेको जग्गा श्रीमती सरला नेपालको नाममा राखेको भन्दै अख्तियारले त्यो जग्गा जफत गर्न भनेको छ ।
काठमाडौंमा मृगौला किनबेचको असफल प्रयास
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
बालश्रमसम्बन्धी नयाँ विधेयक : बालेनले अब भन्नु पर्दैन सरी !
कृषि अनुदानको नाममा राज्यकोषको यो हदको दुरुपयोग !
सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा








