राजुनाथ पाण्डेलाई पदमा फर्किन अदालतले खोलिदियो बाटो
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई पदमा फर्किन बाटो खोलिदिएको छ ।
बुधबार अदालतले पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । अदालतको यो आदेशसँगै पाण्डे नगर प्रहरी प्रमुखमा फिर्ता हुन बाटो खुलेको छ ।
बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई प्रमुख प्रशासकीय अधिृकत गुरागाईंले दिएको निलम्बनको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
मेयर बालेन शाहले काठमाडौं टावरको नक्सापासका क्रममा गुरागाईंले भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई काम गर्न रोक लगाएका थिए ।
तर लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नआउँदा कर्मचारीले तलबसमेत खान नपाएको भन्दै उपमेयर र वडाध्यक्षहरुको अगुवाइमा गुरागाईं चैत २१ गते हाजिर गर्न महानगरको कार्यालय पुगेका थिए तर गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा पाण्डेसहित नगर प्रहरी बलले अवरोध गरेको थियो ।
यही विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले गत जेठ २० गते पाण्डेलाई निलम्बन गरेर विष्णु जोशीलाई निमित्त नगर प्रमुखको जिम्मेवारी दिएका थिए ।
पाण्डेले आफूलाई अन्यायपूर्वक हटाएको भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उक्त निवेदनमा बुधबार उच्च अदालतले दुबै पक्षको कुरा सुनेर पाण्डेलाई नगर प्रमुखका रुपमा कामकाज गर्न दिन आदेश दिएको हो ।
अदालतले चैत २१ गते गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिएको घटनाको जाँचबुझ गर्न काठमाडौं महानगरपालिकाले एक समिति बनाएको स्मरण गराएको छ ।
जाँचबुझ समितिको कारबाही अघि बढाउन नगर प्रहरी प्रमुखलाई निलम्बन गर्नुपर्ने नदेखिएको भन्दै निलम्बनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी


-1761836913.jpg)


-1762264790.jpg)



