राजुनाथ पाण्डेलाई पदमा फर्किन अदालतले खोलिदियो बाटो
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई पदमा फर्किन बाटो खोलिदिएको छ ।
बुधबार अदालतले पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । अदालतको यो आदेशसँगै पाण्डे नगर प्रहरी प्रमुखमा फिर्ता हुन बाटो खुलेको छ ।
बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई प्रमुख प्रशासकीय अधिृकत गुरागाईंले दिएको निलम्बनको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
मेयर बालेन शाहले काठमाडौं टावरको नक्सापासका क्रममा गुरागाईंले भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई काम गर्न रोक लगाएका थिए ।
तर लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नआउँदा कर्मचारीले तलबसमेत खान नपाएको भन्दै उपमेयर र वडाध्यक्षहरुको अगुवाइमा गुरागाईं चैत २१ गते हाजिर गर्न महानगरको कार्यालय पुगेका थिए तर गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा पाण्डेसहित नगर प्रहरी बलले अवरोध गरेको थियो ।
यही विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले गत जेठ २० गते पाण्डेलाई निलम्बन गरेर विष्णु जोशीलाई निमित्त नगर प्रमुखको जिम्मेवारी दिएका थिए ।
पाण्डेले आफूलाई अन्यायपूर्वक हटाएको भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उक्त निवेदनमा बुधबार उच्च अदालतले दुबै पक्षको कुरा सुनेर पाण्डेलाई नगर प्रमुखका रुपमा कामकाज गर्न दिन आदेश दिएको हो ।
अदालतले चैत २१ गते गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिएको घटनाको जाँचबुझ गर्न काठमाडौं महानगरपालिकाले एक समिति बनाएको स्मरण गराएको छ ।
जाँचबुझ समितिको कारबाही अघि बढाउन नगर प्रहरी प्रमुखलाई निलम्बन गर्नुपर्ने नदेखिएको भन्दै निलम्बनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
नयाँ सरकारले नेपाली पहिचान दिलाउने 'पीएनओ' को आशा
इन्डक्सन कि इन्फ्रारेड ? मूल्य र बिजुली बिलको हिसाब किताब
खुला चौरमा फ्रि ग्यास, जसले पनि गर्न पाउँछ प्रयोग
छुट्टीमा आएर विवाह गर्छु भन्थे, शव कुर्दैछन् बाबुआमा
एकै छिनमा मेटियो दाउरा थकाली, कसरी लाग्यो आगो ?

-1773931562.jpeg)
-1773930665.jpeg)




