वैकल्पिक राजनीति पक्षधरलाई एउटै धागोमा बाँध्न नेतृत्व लिने रास्वपाको निर्णय
५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैकल्पिक राजनीति पक्षधर र समूहलाई एकै ठाउँमा ल्याउन नेतृत्व लिने निर्णय गरेको छ ।
असार ४ गते बसेको रास्वपा सचिवालय बैठकले त्यसका लागि सहकार्य–सम्वाद अघि बढाउन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय विभागहरुमा जिम्मेवारी हेरफेर गरेको छ । नीति तथा विचार विभागको प्रमुखमा डा. स्वर्णिम वाग्ले र उपप्रमुखमा सन्तोष परियार मनोनित भएका छन् ।
यसैगरी कृषि विभागको प्रमुखमा राजन गौतम र ऊर्जा तथा जलस्रोत विभागको संयोजकमा श्रीराम न्यौपाने मनोनित भएका छन् ।
रास्वपाले पार्टीको तेस्रो स्थापना दिवसको दिन असार ७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । र, सातै प्रदेशमा महाधिवेशन केन्द्रीय संगठन अभियान चलाउने निर्णय समेत गरेको छ ।
रास्वपाले सुमना श्रेष्ठको निर्देशनमा भिजिट भिसा प्रकरणमा नक्कली उजुरी दिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । यस्ता व्यवहारलाई कुनै प्रोत्साहन गरेको उसले दाबी गरेको छ ।
साथै पार्टीमा आवद्ध कुनै व्यक्ति संलग्न भए नभएको यकिन गर्न सांसद चन्दा कार्कीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत बनाएको छ । समितिमा वरिष्ठ अधिवक्ता नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्य छन् ।
हेर्नुहोस् रास्वपाको विज्ञप्ति

ललितपुर–२ का मतदाता नयाँ खोज्दै छन् कि पुरानै ?
किन राखियो बागमतीमा लहरै ड्रम ?
काठमाडौंमा रातिराति लुटपाट मच्चाउने गिरोहको कथा
खोला किनारको मापदण्डबारे सर्वोच्चले उल्ट्यायो आफ्नै फैसला
'कोरिया गएको साथीले ८० लाखमा घडेरी किन्यो, म १० लाख ऋणमा छु'







