उच्च अदालतले भन्यो - दिलभूषण पत्रकार हुन्, मुद्दा प्रेस काउन्सिलले हेर्नुपर्छ
उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
उनले युट्युब च्यानलमा प्रशारण गरेको जयवीर देउवासम्बन्धी एक भिडियोलाई लिएर देउवाले साइबर ब्यूरोमा उजुरी दिएका थिए ।
त्यसपछि साइबर ब्यूरोले अदालतबाट पाठकविरुद्ध पक्राउ पुर्जी लिएको थियो । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पाठकले उच्च अदालतमा निवेदन दिएका थिए ।
बिहीबार उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले यो मुद्दा किनारा नलागेसम्म पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।
अदालतले पाठकलाई पक्राउ नगर्न आदेश दिँदा उनी पत्रकार भएकाले प्रेस काउन्सिलबाटै यो मामिला हेर्न भनेको छ ।
पाठकसँग पत्रकार परिचय पत्र रहेको र उनी लामो समयदेखि पत्रकारितामा संलग्न रहेको देखिएको अदालतले आदेशमा उल्लेख गरेको छ ।
त्यस्तै पाठकले इन्टरफेस नेपाल नेटवर्क नामको कम्पनी दर्ता गरेको र ट्र्रेडमार्क प्रमाणपत्र पनि लिएको पनि बताएको छ । अदालतले पाठकले अनलाइन सञ्चार माध्यमका रुपमा सूचना तथा प्रशारण विभागमा दर्ता भएको उल्लेख गरेको छ ।
त्यसपछि उच्च अदालतले सञ्चार माध्यम र पत्रकारले सम्प्रेषण गरेको सामग्रीबाट मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिल नेपालमा उजुरी दिन सक्ने व्यवस्था सम्झाएको छ ।
अनि पाठकले दिएको सामग्रीबाट कसुर नै भएको भए पनि पक्राउ गर्न नपर्ने अदालतको आदेशमा उल्लेख छ ।
हेर्नुहोस् अदालतको आदेश :


डोजर रोक्ने रास्वपाको निर्णय बालेनले मान्लान् ?
बुद्धको ज्ञान बोलीमा होइन, व्यवहारमा देखाऊ
अनलाइन सपिङमा ठगहरुको बिगबिगी, कसरी जोगिने ?
बालेनको निर्देशनपछि प्रहरीको खानतलासी, आतंकित छ सुकुम्बासी बस्ती
जेष्ठ नागरिकहरुमा विर्सने समस्या बढ्दो

-1777651991.jpeg)

-1777978198.png)



