समाज
                                                        बीपी राजमार्गमा साँझ साढे ६ बजेदेखि गाडी बन्द
                                                                    
                                
                            बीपी राजमार्ग रातिको समयमा बन्द हुने भएको छ । रातिको समयमा बढीपहिरोको जोखिम हुने भन्दै साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सडकमा गाडी चल्न नदिने निर्णय भएको छ ।
शुक्रबार बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । शनिबारदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय भएको रामछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।
अब काठमाडौंबाट जाने गाडीहरु साँझ साढे ६ बजे काभ्रेभञ्ज्याङमा रोकिने छन् । काठमाडौंतर्फ आउने गाडीलाई भने सिन्धुलीको नेपालथोकमा रोकिने छ ।
‘राति गाडी चलाउँदा विपदजन्य जोखिम हुन्छ, उद्दार गर्न पनि कठिनाइ हुन्छ, त्यसैले भोलि सूचना नै निकालेर रातिको समयमा गाडी चलाउन रोक लगाउँछौं’, रामेछापका प्रमुख जिल्ला अधिकारी थापाले भने ।
                                                                    प्रकाशित मिति: 
                                            शुक्रबार, असार ६, २०८२
                                        
                                                            
                            
                            प्रतिक्रिया दिनुहोस्
                                
                                थप
                                                समाज
                                                                        
                                                    राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
                                                                                                                    सोमबार, कात्तिक १७, २०८२
                                                                                                            
                                                
                                                    थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
                                                                                                                    आइतबार, कात्तिक १६, २०८२
                                                                                                            
                                                
                                                    राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
                                                                                                                    आइतबार, कात्तिक १६, २०८२
                                                                                                            
                                                
                                                    दिनरात काम, तलब चाहिँ १५ हजार !
                                                                                                                    शुक्रबार, कात्तिक १४, २०८२
                                                                                                            
                                                
                                                    खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
                                                                                                                    बिहीबार, कात्तिक १३, २०८२
                                                                                                            
                                                
                                                    साम्बा बिना नै नेपालले भारतलाई हरायो
                                                                                                                    बुधबार, कात्तिक १२, २०८२
                                                                                                            
                                                ट्रेन्डिङ
                
                    

-1761836913.jpg)






