एसीसी यू–१६ इष्ट जोन कप : सिंगापुरलाई नेपालले ६ विकेटले हरायो
नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ । र, मलेसियामा सुरु भएको एसीसी यू–१६ इष्ट जोन कपमा सुखद सुरुवात गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले कप्तान रियान नाइकले अर्धशतकको मद्दतमा ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनायो ।
नेपालका लागि कप्तान विपिन शर्माले ४ विकेट लिए भने सचिन भट्टले ३ विकेट हात पारेका थिए ।
१३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । ओपनर प्रसिद्ध जैसीले ५५ रनको नटआउट पारी खेले ।
अर्का ओपनर सूर्यांशु कोइराला मात्र ९ रनमा रिटायर्ड हर्ट भएका थिए । उनको स्थानमा आएका शिवांश बजगाईंले ३० रनको साझेदारी गरे । शिवांश ९ रनमा आउट भए ।
तर रौनक श्रीवास्तवले राम्रो साथ दिए । दुबैले दोस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार पारे । रौनक ४० रनमा आउट भए ।
त्यसपछि नेपालले थप दुई विकेट गुमायो, तर शुभम खनालसँग मिलेर प्रसिद्धले अविजित रहँदै नेपाललाई ६ विकेटको जित दिलाए । शुभम र प्रसिद्धले पाँचौं विकेटका लागि अविजित २७ रनको साझेदारी गरे ।
९७ बलको सामना गरेका प्रसिद्ध ५५ रनमा अविजित रहे । शुभम ९ रनमा नटआउट रहे ।
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी


-1761836913.jpg)






