एसीसी यू–१६ इष्ट जोन कप : सिंगापुरलाई नेपालले ६ विकेटले हरायो
नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ । र, मलेसियामा सुरु भएको एसीसी यू–१६ इष्ट जोन कपमा सुखद सुरुवात गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले कप्तान रियान नाइकले अर्धशतकको मद्दतमा ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनायो ।
नेपालका लागि कप्तान विपिन शर्माले ४ विकेट लिए भने सचिन भट्टले ३ विकेट हात पारेका थिए ।
१३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । ओपनर प्रसिद्ध जैसीले ५५ रनको नटआउट पारी खेले ।
अर्का ओपनर सूर्यांशु कोइराला मात्र ९ रनमा रिटायर्ड हर्ट भएका थिए । उनको स्थानमा आएका शिवांश बजगाईंले ३० रनको साझेदारी गरे । शिवांश ९ रनमा आउट भए ।
तर रौनक श्रीवास्तवले राम्रो साथ दिए । दुबैले दोस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार पारे । रौनक ४० रनमा आउट भए ।
त्यसपछि नेपालले थप दुई विकेट गुमायो, तर शुभम खनालसँग मिलेर प्रसिद्धले अविजित रहँदै नेपाललाई ६ विकेटको जित दिलाए । शुभम र प्रसिद्धले पाँचौं विकेटका लागि अविजित २७ रनको साझेदारी गरे ।
९७ बलको सामना गरेका प्रसिद्ध ५५ रनमा अविजित रहे । शुभम ९ रनमा नटआउट रहे ।
जेनजी शहीदका शालिक किन बेबारिसे ?
के हो सुस्ताको सीमा समस्या, भारतले किन गर्छ दादागिरी ?
कुन स्कुल बन्द गर्ने, कुनलाई राख्ने ? यस्तो छ सरकारको तयारी
अष्ट्रेलियाका नेपाली किन चाहदैनन् घर फर्किन ?
पोखरामा रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन अनुमति



-1781681783.png)
-1781759377.png)




