एसईई नतिजामा छलाङ, ६२ प्रतिशत पास
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा परीक्षामा ६२ प्रतिशत पास भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार एसईईमा ६१.८१ प्रतिशत पास भएका छन् ।
गत वर्षको एसईईमा जम्मा ४८ प्रतिशत परीक्षार्थी पास भएका थिए । त्यस आधारमा यस वर्षको नतिजामा धेरै सुधार आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
२०८१ चैत ७ देखि १९ गतेसम्म भएको एसईईमा ४ लाख ३८ हजार ८९६ जना सहभागी भएका थिए । जसमध्ये १ लाख ६७ हजार ५९७ जना नन ग्रेडेड भएका छन् । उनीहरुले कक्षा ११ मा पढ्न पाउने छैनन् ।
बोर्डका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ जना छन् । ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ८१ हजार ३८५ जना छन् । २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ८९ हजार १२४ जना छन् ।
त्यस्तै २.४ देखि २.८ सम्म ल्याउने ४८ हजार ४७९ जना र २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना छन् । १.६ देखि २ जीपीए ल्याउने ८ जना छन् ।
बोर्डले १२६ जनाको परीक्षा रद्द गरेको छ ।
बोर्डका अनुसार कोशी प्रदेशमा ४७ हजार ८३५ जना, मधेशमा ५९ हजार ७४९ जना र बागमती प्रदेशमा १ लाख १९ हजार ५१७ जना कक्षा ११ पढ्न योग्य भएका छन् ।
त्यस्तै गण्डकीमा ४७ हजार ८४९ जना, लुम्बिनीमा ५७ हजार ६८७ जना, कर्णालीमा ४६ हजार ४५५ जना र सुदूरपश्चिममा ५९ हजार ८०४ जना कक्षा ११ पढ्न योग्य भएका छन् ।
यस वर्षको परीक्षामा सबैभन्दा धेरै विद्यार्थी गणितमा फेल भएका छन् । बोर्डका अनुसार गणितमा १ लाख २८ हजार २१५ जना फेल भएका छन् ।
सामाजिकमा ८९ हजार २७१ जना र अंग्रेजीमा ८० हजार ६७२ जना फेल भएका छन् ।
फेल भएकाहरुका लागि साउन २९ गतेदेखि परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।
डोजर रोक्ने रास्वपाको निर्णय बालेनले मान्लान् ?
बुद्धको ज्ञान बोलीमा होइन, व्यवहारमा देखाऊ
अनलाइन सपिङमा ठगहरुको बिगबिगी, कसरी जोगिने ?
बालेनको निर्देशनपछि प्रहरीको खानतलासी, आतंकित छ सुकुम्बासी बस्ती
जेष्ठ नागरिकहरुमा विर्सने समस्या बढ्दो

-1777651991.jpeg)

-1777978198.png)



