हरित जलवायु कोषबाट नेपालले ५ अर्ब पाउने
हिमताल विस्फोटबाट हुनसक्ने क्षति कम गर्न नेपालले हरित जलवायु कोषबाट ५ अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान पाएको छ ।
पपुवा न्युगिनीमा बसेको हरित जलवायु कोषको बोर्ड बैठकले ३६ दशमलव १ मिलियन अमेरिकी डलर अर्थात झन्डै ५ अर्ब नेपाली रुपैयाँको १५ बर्षे परियोजना स्वीकृत गरेको हो । यो हरित जलवायु कोषले उपलब्ध गराएको पहिलो र सबैभन्दा ठूलो सहयोग हो ।
यो परियोजनामा पहिलो चरणको ७ वर्ष हरित जलवायु कोषले उपलब्ध गराएको अनुदानबाट कार्यक्रम सञ्चालन हुनेछ । दोस्रो चरणको ८ वर्ष नेपाल सरकारले अन्य निकायसँगको सहलगानीमा परियोजना अघि बढाउनुपर्ने छ ।
पछिल्लो ८ वर्षमा करिव १३ दशमलब ९ मिलियन अमेरिकी डलर अर्थात करिव २ अर्ब नेपाली रुपैयाँ बराबरको कार्य गरिने अनुमान गरिएको छ । यसबाहेक परियोजनाले समेटेका स्थानीय सरकारसहित अन्य संवद्ध विभाग, निकाय तथा मन्त्रालयले पनि समानान्तर आर्थिक दायित्व लिनेछन् ।
च्छो रोल्पा र इम्जा हिमताल संरक्षणमा प्राप्त गरेको सफलतापछि यो अनुदान प्राप्त भएको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले बताइन् । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका हिमताल विष्फोटबाट हुने क्षति कम गर्ने कार्यका लागि प्राप्त अनुदान नेपालका लागि निकै महत्वपुर्ण रहेको बताए ।
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य








