मलेसियालाई हराउँदै नेपाल एसीसी यू–१६ इष्ट जोन कप क्रिकेटको फाइनलमा
मलेसियामाथि ९ विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू–१६ इष्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ ।
क्वालालम्पुरमा घरेलु टोली मलेसियाले ९१ रनको लक्ष्य दिएको थियो, जुन नेपालले मात्र ११.४ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो ।
नेपालका लागि परिमार्जन यादवले अविजित ५९ रनको अर्धशतकीय पारी खेले । मात्र ३५ बलको सामना गरेका उनले ५ चौका र ५ छक्का हानेका थिए ।
शिवांश बजगाईंले नटआउट २३ रन जोडे ।
सुरुमा टस हारेर व्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा ९० रन जोड्दा सबै विकेट गुमाएको थियो । उसका लागि मोहम्मद फतुल मुइनले सर्वाधिक ३८ रन बनाएका थिए ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा अभय यादवले सर्वाधिक ४ विकेट लिए । शुभम खनालको नाममा ३ विकेट रह्यो । कप्तान विपिन शर्मा र सचिन भट्टले एकएक विकेट लिए ।
अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरमध्ये एकसँग खेल्ने छ ।
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी


-1761836913.jpg)






