सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यु–१६ इष्ट जोन कपको उपाधि
नेपालले १६ वर्षमुनिको एसीसी मेन्स इष्ट जोन कपको उपाधि जितेको छ । शनिबार मलेसियामा भएको खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्यो ।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि नेपालका लागि जय थापाले नटआउट २४ रन बनाए भने शिवांश बजगाईंले २०, शुभम खनालले १८, प्रसिद्ध जैसीले १७, परिमार्जन यादवले १३ र अभय यादवले नटआउट १० रन जोडे ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरलाई कम स्कोरमा समेट्न नेपालका अभय यादव र सुशीलबहादुर रावलले ३–३ विकेट लिए भने शुभम खनालले २ र विपिन प्रसाद शर्माले १ विकेट लिए ।
यु-१६ इष्टजोन कपमा नेपाल अपराजित रहँदै विजेता बनेको हो । जुन २२ देखि जुलाइ ५ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालसँगै मलेसिया, सिंगापुर, हङकङ, भुटान, इन्डोनेसिया, जापान, माल्दिभ्स, म्यानमार र थाइल्याण्ड गरी १० देश सहभागी थिए ।
यसअघि नेपालले सन् २०२३, २०१९ र २०१७ मा पनि यु-१६ इष्ट जोन कपको उपाधि जितेको थियो ।
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य








