रसुवा बाढीमा २० जना बेपत्ता, चीनसँगको सम्पर्क टुट्यो
रसुवामा भोटेकोशीमा चीनतिरबाट आएको बाढीका कारण बेपत्ता हुनेको संख्या २० पुगेको छ, प्रहरीले ५५ जनालाई उद्दार गरेको छ । बाढीले ६० भन्दा धेरै गाडी बगाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीका कारण ३ जना प्रहरी कर्मचारी, अरु ११ जना नेपाली नागरिक र ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुने प्रहरीमा लालबहादुर श्रेष्ठ, मुना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् । त्यस्तै बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु पनि सम्पर्कविहीन छन् ।
बागलुङका नरेन्द्र बिक, सिन्धुपाल्चोकका फुर्वा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान, लोकमान तामाङ, धनराज बिक र दिल तामाङ पनि सम्पर्कविहीन भएका छन् । त्यस्तै ६ जना चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् ।
प्रहरीले बाढीमा फसेका ५५ जनालाई विभिन्न ठाउँबाट उद्दार गरेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाएका कारण सम्पर्क पूर्ण रुपमा टुटेको छ । अब केही समय यो नाकाबाट चीनसँग ब्यापार हुने सम्भावना सकिएको छ । बाढीले स्याफ्रुवेशी–रसुवागढी सडक खण्ड पनि पूर्ण रुपमा क्षति गरेको छ ।
रसुवा भन्सार यार्डको कार्यालयमा पनि क्षति भएको छ । इभी चार्जिङ स्टेशनमा पनि क्षति भएको छ । रसुवागढी जलविद्युत आयोजनाको ड्याममा पनि सामान्य क्षति भएको छ ।
रसुवा भन्सार कार्यालय, टिमुरेको यार्ड सुख्खा बन्दरगाहमा भन्सार जाँच पासको लागि राखिएका ट्रक, कन्टेनर र विद्युतीय गाडी पनि बगाएको छ । प्रशासन कार्यालयका अनुसार २३ वटा कन्टेनर ३५ वटा इभी गाडी र ६ वटा सिनो ट्रक बगाएको छ ।
जेनजी शहीदका शालिक किन बेबारिसे ?
के हो सुस्ताको सीमा समस्या, भारतले किन गर्छ दादागिरी ?
कुन स्कुल बन्द गर्ने, कुनलाई राख्ने ? यस्तो छ सरकारको तयारी
अष्ट्रेलियाका नेपाली किन चाहदैनन् घर फर्किन ?
पोखरामा रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन अनुमति



-1781681783.png)
-1781759377.png)




