‘चीनबाट पूर्वसूचना नआए बाढीले धेरै क्षति गर्न सक्छ’
                                                                    
                                
                            विपद मामिला हेर्ने सरकारी निकायका अधिकारीहरुले चीनबाट समयमा सूचना नआएमा नेपालमा बाढीका कारण धेरै क्षति ब्यहोर्नुपर्ने बताएका छन् ।
रसुवामा मंगलबार बिहान आएको बाढीबारे जानकारी दिने क्रममा राष्ट्रिय राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले चीनबाट बाढीको नियमित सूचना आउने प्रणाली आवश्यक रहेको बताए ।
मंगलबार बिहान रसु्वाको भोटेकोशीमा बाढी आउनुमा नेपाली सीमा भन्दा ३५ मिटर टाढा चिनियाँ भूमिमा सुप्रा ग्लेसियल प्रमुख कारण रहेको उनले बताए ।
भट्टका अनुसार हिमताल फुटेर बाढी आएको भने होइन, तर हिमतालको माथिल्लो सतहबाट पानी बाहिर निस्केर बाढी आएको हुनसक्छ ।
सन् २०१५ को एक तथ्यांक अनुसार नेपालका नदीहरुको मुहान क्षेत्रमा ४७ वटा हिमताल जोखिममा छन् । जसमध्ये २१ वटा नेपाली भूमिमा छन् भने अरु चिनियाँ भूमिमा रहेका छन् ।
प्राधिकरणका कार्यकारी प्रमुख भट्टका अनुसार त्यसयता अरु हिमतालहरु पनि जोखिममा परेका हुन सक्छन्, तर अध्ययन भएको छैन ।
चीनका हिमतालको अवस्थाबारे समयमा जानकारी नहुने हो भने बाढीबाट धेरै क्षति हुने उनको भनाइ छ । ‘बेलामा सूचना पाएनौं भने हाम्रो हिमाली क्षेत्र त जति बेला पनि जोखिममा पर्न सक्छ, त्यसले तलसम्म असर पर्ने हुनाले पछि थाहा पाउँदा तटीय क्षेत्रलाई जोगाउन सक्दैनौं’, उनले भने ।
तर चीन सरकारबाट नेपाल सरकारको केन्द्रीय तहमा बाढी र मौसमसम्बन्धी पूर्वसूचनाहरु नआउने उनले बताए । चीनले छिमेकी जिल्लामा पूर्वसूचना दिने गरेको छ, तर सरकार–सरकारबीचको व्यवस्थित च्यानल भने छैन ।
प्राधिकरणले नेपालभित्र विपदको पूर्व जानकारी दिने प्रणाली विकास गरिसकेको जनाएको छ । तर नेपाल बाहिर भएका विपदका कारण नेपालमा आउने बाढीको पूर्वसूचना भने हुँदैन ।
                                                    राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
                                                    थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
                                                    राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
                                                    दिनरात काम, तलब चाहिँ १५ हजार !
                                                    खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
                                                    
                    

-1761836913.jpg)






