ज्ञानेन्द्र शाहलाई महाराजधिराज लेखेपछि फणिराजलाई प्रहरीले बोलायो
@nepalshow ज्ञानेन्द्र शाहका सहयोगी पक्राउ, प्रहरीले सोध्यो : किन महाराजधिराज भनेकाे ? #Nepalshow ♬ original sound - Nepal show
ज्ञानेन्द्र शाहलाई महाराजधिराज सम्बोधन गरेको विषयमा सोधपुछ गर्न प्रहरीले उनका सहयोगी फणिराज पाठकलाई पक्राउ गरेको छ ।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो । परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार पाठकले पूर्वराजाका तर्फबाट विज्ञप्ति जारी गर्दा महाराजधिराज र संवाद सचिवालय भन्ने शब्दहरु उल्लेख गरेकाले त्यसको वैधानिकताबारे सोधपुछ गर्न बोलाइएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवश, नयाँ वर्ष जस्ता अवसरमा विज्ञप्ति जारी गर्ने गरेका छन् । त्यस विज्ञप्तिमा उनलाई महाराजधिराज नै सम्बोधन गर्ने गरिएको छ । त्यस्तै पाठकले संवाद सचिवालयका तर्फबाट विज्ञप्ति जारी गर्ने गरेका छन् ।
गणतन्त्र स्थापना भएपछि नेपालमा कोही पनि महाराजधिराज छैन । र राजतन्त्रको समयमा रहेको राजाको संवाद सचिवालय पनि अहिले वैधानिक छैन । प्रहरीका अनुसार अवैधानिक विषयलाई किन विज्ञप्तिमा उल्लेख गरेको भनेर सोधपुछ गर्न पाठकलाई प्रहरी कार्यालयमा ल्याइएको हो ।
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड

-1790087654.png)






