समाज
एनपीएल अक्सनका लागि खेलाडी दर्ता खुला
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक विज्ञप्ति जारी गरी अक्सनका लागि खेलाडी दर्ता खुला भएको जानकारी गराएका हुन् ।
हालै फ्रेन्जाइज टोलीबाट रिलिज भएका खेलाडी र अक्सनमा सहभागी हुन चाहने सबै नेपाली खेलाडीले आफ्नो नाम दर्ता गराउन सक्नेछन् । अक्सनका लागि खेलाडीहरु ए, बी र सी श्रेणीमा विभाजन गरिन्छ ।
खेलाडीहरुले आफ्नो श्रेणी तोकेर नाम दर्ता गराउन सक्ने प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । खेलाडी दर्ताका शुल्क १ हजार रुपैयाँ तोकिएको छ । खेलाडीहरुले साउन ६ गतेसम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
हेर्नुहोस् नेपाल क्रिकेट संघको सूचना

प्रकाशित मिति:
शनिबार, असार २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
सोमबार, कात्तिक १७, २०८२
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
आइतबार, कात्तिक १६, २०८२
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
आइतबार, कात्तिक १६, २०८२
दिनरात काम, तलब चाहिँ १५ हजार !
शुक्रबार, कात्तिक १४, २०८२
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
बिहीबार, कात्तिक १३, २०८२
साम्बा बिना नै नेपालले भारतलाई हरायो
बुधबार, कात्तिक १२, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






