समाज
एनपीएल अक्सनका लागि खेलाडी दर्ता खुला
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक विज्ञप्ति जारी गरी अक्सनका लागि खेलाडी दर्ता खुला भएको जानकारी गराएका हुन् ।
हालै फ्रेन्जाइज टोलीबाट रिलिज भएका खेलाडी र अक्सनमा सहभागी हुन चाहने सबै नेपाली खेलाडीले आफ्नो नाम दर्ता गराउन सक्नेछन् । अक्सनका लागि खेलाडीहरु ए, बी र सी श्रेणीमा विभाजन गरिन्छ ।
खेलाडीहरुले आफ्नो श्रेणी तोकेर नाम दर्ता गराउन सक्ने प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । खेलाडी दर्ताका शुल्क १ हजार रुपैयाँ तोकिएको छ । खेलाडीहरुले साउन ६ गतेसम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
हेर्नुहोस् नेपाल क्रिकेट संघको सूचना

प्रकाशित मिति:
शनिबार, असार २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






