क्लोज क्याम्पमा आदिल पनि बोलाइए
                                                                    
                                
                            अलराउण्डर क्रिकेटर आदिल आलमलाई राष्ट्रिय टोलीको क्लोज क्याम्पमा बोलाइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) टी–२० विश्वकप छनोटको तयारीका लागि ३२ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा अलराउण्डर आदिल अन्सारी पनि परेका छन् ।
गत वैशाखमा मात्र उनको प्रतिबन्ध हटेको थियो । २०७९ पुसमा भएको टी–२० क्रिकेट लिगका दौरान स्पट फिक्सिङमा संलग्न भएको आरोप लागेपछि उनीमाथि प्रतिबन्ध लागेको थियो । अदालतले सफाइ दिएपछि उनको प्रतिबन्ध हटेको थियो ।
त्यसयता उनले केही टी–२० लिगहरु खेले । अब उनलाई क्लोज क्याम्पमा बोलाइएको छ ।
यस्तै कुशल मल्ल, सन्दीप जोरा, कमल सिंह ऐरी, विवेक यादव, पवन सर्राफ, शेर मल्ल, सागर ढकाल र अर्जुन घर्तीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
यसबाहेक स्कटल्याण्डको टी–२० सिरिज खेलेको टोलीमा रहेका १६ जना सबै परेका छन् । जसमा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार शाह, भीम सार्की, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरण गठुन्ना, लोकेश बम, रुपेश सिंह र आरिफ शेख छन् ।
यसबाहेक चोटका कारण त्यो सिरिज गुमाएका गुल्सन झा, सोमपाल कामीलाई पनि बोलाइएको छ । यसैगरी आकाश चन्द, प्रतिश जिसी, शुभ कंसाकार, साहब आलम र युवराज खत्रीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।
क्रिकेट संघका अनुसार खेलाडीहरु जुट्न थालिसकेका छन् । फिटनेस टेष्ट सकिनासाथ क्लोज क्याम्प सुरु हुनेछ ।
टी–२० वर्ल्डकप एसिया एण्ड इस्ट एसिया क्वालिफयर्स आगामी अक्टोबरमा ओमानमा हुनेछ ।
त्यसको तयारीका लागि नेपाली टोली छिट्टै भारत टूरमा जाने तयारीमा छ । त्यसपछि अष्ट्रेलियामा टप इण्ड टी–२० क्रिकेट खेल्नेछ ।
विश्वकप छनोट खेल्नु अघि वेष्ट इण्डिजसँगै पनि सिरिज खेल्ने तय भइसकेको छ ।
                                                    लिग टूमा नेपालको लगातार तेस्रो हार
                                                    NPL मा कुशल मल्लको विकेट लिन चाहन्छु
                                                    नेपालले भारतलाई उसकै भूमिमा हरायो, साबित्राको उत्कृष्ट प्रदर्शन
                                                    लिग टू खेल्न नेपाली टोलीको घोषणा, अनिल र भीमको पुनरागमन
                                                    नेपाल बन्यो विश्वकप छनोट प्रतियोगिताको च्याम्पियन
                                                    
                    
-1761836913.jpg)







