अब मेसिनले पत्ता लगाउने छ नेपाली खेलाडीहरूको कमजोरी (भिडियो टुर)
राष्ट्रिय खेलकुद परिषदले पहिलो पटक स्पोर्टस् साइन्स रिसर्च सेन्टर सञ्चालनमा ल्याएको छ । खेलाडीको शरीरको कमजोरी पत्ता लगाउन सेन्टरमा विभिन्न उपकरणहरु राखिएका छन् ।
ती उपकरणले खेलाडीको शारीरिक अवस्था र उनीहरुको बानी व्यवहारसमेत परीक्षण गर्नेछ । यसकै रिपोर्टका आधारमा खेलाडीहरुको सुधार गर्नुपर्ने पक्षका विषयमा प्रशिक्षण गराउन सकिने सेन्टरका प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए ।
स्पोर्टस् साइन्स रिसर्च सेन्टरसँगै हाइ पर्फर्मेन्स सेन्टर पनि स्थापना गरिएको छ । रिसर्च सेन्टरबाट खेलाडीहरुको कमजोरी थाहा पाएपछि त्यसलाई सुधार्न अभ्यासहरु भने हाइ पर्फर्मेन्स सेन्टरमा गरिन्छ ।
अहिले यी उपकरणहरु एसियन गेम्स २०२६ को तयारीमा रहेका खेलाडीहरुको लागि प्रयोग गर्ने राखेपको तयारी छ । राखेपले यी उपकरणहरु कसरी प्रयोग गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदैछ ।
कार्यविधि अनुसार स्पोर्टस् साइन्स रिसर्च सेन्टर र हाइ पर्फर्मेन्स सेन्टरको प्रयोग गरिने अधिकारीले बताए ।
राखेपको स्पोर्टस् साइन्स रिसर्च सेन्टरमा के के छ भन्ने थाहा पाउन यो भिडियो हेर्नुहोला :
                                                    राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
                                                    थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
                                                    राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
                                                    दिनरात काम, तलब चाहिँ १५ हजार !
                                                    खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
                                                    
                    

-1761836913.jpg)






