अब मेसिनले पत्ता लगाउने छ नेपाली खेलाडीहरूको कमजोरी (भिडियो टुर)
राष्ट्रिय खेलकुद परिषदले पहिलो पटक स्पोर्टस् साइन्स रिसर्च सेन्टर सञ्चालनमा ल्याएको छ । खेलाडीको शरीरको कमजोरी पत्ता लगाउन सेन्टरमा विभिन्न उपकरणहरु राखिएका छन् ।
ती उपकरणले खेलाडीको शारीरिक अवस्था र उनीहरुको बानी व्यवहारसमेत परीक्षण गर्नेछ । यसकै रिपोर्टका आधारमा खेलाडीहरुको सुधार गर्नुपर्ने पक्षका विषयमा प्रशिक्षण गराउन सकिने सेन्टरका प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए ।
स्पोर्टस् साइन्स रिसर्च सेन्टरसँगै हाइ पर्फर्मेन्स सेन्टर पनि स्थापना गरिएको छ । रिसर्च सेन्टरबाट खेलाडीहरुको कमजोरी थाहा पाएपछि त्यसलाई सुधार्न अभ्यासहरु भने हाइ पर्फर्मेन्स सेन्टरमा गरिन्छ ।
अहिले यी उपकरणहरु एसियन गेम्स २०२६ को तयारीमा रहेका खेलाडीहरुको लागि प्रयोग गर्ने राखेपको तयारी छ । राखेपले यी उपकरणहरु कसरी प्रयोग गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदैछ ।
कार्यविधि अनुसार स्पोर्टस् साइन्स रिसर्च सेन्टर र हाइ पर्फर्मेन्स सेन्टरको प्रयोग गरिने अधिकारीले बताए ।
राखेपको स्पोर्टस् साइन्स रिसर्च सेन्टरमा के के छ भन्ने थाहा पाउन यो भिडियो हेर्नुहोला :
काठमाडौंमा मृगौला किनबेचको असफल प्रयास
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
बालश्रमसम्बन्धी नयाँ विधेयक : बालेनले अब भन्नु पर्दैन सरी !
कृषि अनुदानको नाममा राज्यकोषको यो हदको दुरुपयोग !
सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा








