इन्जिनियरिङका विद्यार्थी किन उत्रिए आन्दोलनमा ?
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को स्वायत्तता फिर्ताको माग गर्दै विद्यार्थीहरुले आइतबार र सोमबार उपकुलपति कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।
आईओई अन्तर्गत काठमाडौंमा सञ्चालित पुल्चोक क्याम्पस र थापाथली इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले सोमबार उपकुलपति कार्यालयबाहिर नाराबाजी गरे । उनीहरुले त्रिविका नवनियुक्त उपकुलपति दीपक अर्यालको राजीनामा समेत मागे । एक छिनको नाराबाजीपछि विद्यार्थीहरुले उपकुलपति कार्यालय प्रांगणमै पढेका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै सुरुमा प्राध्यापकहरुले आन्दोलन सुरु गरेका थिए । प्राध्यापकको आन्दोलनका कारण पढाइ हुन नसकेपछि विद्यार्थीहरु पनि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्राध्यापकहरुले राखेको स्वायत्तताको मागलाई समर्थन गरेका छन् ।
२०८० साल असोजमा बसेको त्रिविसभा बैठकले आईओईको अधिकार कटौती हुने निर्णय गरेको थियो । त्यो निर्णयका कारण आईओईले आफूले विद्यार्थी भर्नाबाट संकलन गरेको रकम समेत त्रिविमा बुझाउनुपर्ने र खर्चका लागि अनुपति लिनुपर्ने भएको विद्यार्थीहरुले बताएका छन् ।
त्रिविले आफू अन्तर्गतका संस्थानहरुलाई थप स्वायत्तता दिँदै जानुपर्नेमा झन् केन्द्रीकृत गरेको उनीहरुको भनाइ छ ।
विद्यार्थीहरुको आन्दोलन र उनीहरुको भनाइ यो भिडियोमा हेर्नुहोस् ।
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड

-1790087654.png)






