इन्जिनियरिङका विद्यार्थी किन उत्रिए आन्दोलनमा ?
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को स्वायत्तता फिर्ताको माग गर्दै विद्यार्थीहरुले आइतबार र सोमबार उपकुलपति कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।
आईओई अन्तर्गत काठमाडौंमा सञ्चालित पुल्चोक क्याम्पस र थापाथली इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले सोमबार उपकुलपति कार्यालयबाहिर नाराबाजी गरे । उनीहरुले त्रिविका नवनियुक्त उपकुलपति दीपक अर्यालको राजीनामा समेत मागे । एक छिनको नाराबाजीपछि विद्यार्थीहरुले उपकुलपति कार्यालय प्रांगणमै पढेका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै सुरुमा प्राध्यापकहरुले आन्दोलन सुरु गरेका थिए । प्राध्यापकको आन्दोलनका कारण पढाइ हुन नसकेपछि विद्यार्थीहरु पनि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्राध्यापकहरुले राखेको स्वायत्तताको मागलाई समर्थन गरेका छन् ।
२०८० साल असोजमा बसेको त्रिविसभा बैठकले आईओईको अधिकार कटौती हुने निर्णय गरेको थियो । त्यो निर्णयका कारण आईओईले आफूले विद्यार्थी भर्नाबाट संकलन गरेको रकम समेत त्रिविमा बुझाउनुपर्ने र खर्चका लागि अनुपति लिनुपर्ने भएको विद्यार्थीहरुले बताएका छन् ।
त्रिविले आफू अन्तर्गतका संस्थानहरुलाई थप स्वायत्तता दिँदै जानुपर्नेमा झन् केन्द्रीकृत गरेको उनीहरुको भनाइ छ ।
विद्यार्थीहरुको आन्दोलन र उनीहरुको भनाइ यो भिडियोमा हेर्नुहोस् ।
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी


-1761836913.jpg)






