विवाहेत्तर सम्वन्धले निम्त्याएको दु:खान्त
आइतबार विहानपख साढे ३ बजेतिर धनुषाको जिरो माइलस्थित प्रहरी कार्यालयमा एउटा फोन आयो । र, भनियो, एपी होटलमा रगतले लतपत्तिएको मानिस छ ।
होटल र प्रहरी बिट नजिकै छ । खबर आएको ३/४ मिनेटमै प्रहरी पुग्यो । एक युवक घाइते अवस्थामा छटपटाइरहेका थिए । प्रहरीले एम्बुलेन्स बोलायो, घाइतेलाई एम्बुलेन्समा राखेर जनकपुर प्रादेशिक अस्पताल पठाउँछ ।
तर उपचारका क्रममा विहान ७ बजेर ४५ मिनेटमा मृत्यु हुन्छ ।
धनुषा प्रहरीका अनुसार मृतक महोत्तरीका २८ वर्षीय विमलेश यादव हुन् । उनको हत्यामा संलग्न रहेको आरोपमा जुली झा पक्राउ परेकी छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
तर प्रारम्भिक अनुसन्धानले विवाहेत्तर सम्बन्धले निम्त्याएको घटना जस्तो देखिएको छ । एक अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार विमलेश दुई सन्तानका बाबु हुन् ।
तर उनी धनुषाकी जुली झासँग सम्बन्धमा रहेको देखिन्छ । विमलेशको ससुराली र जुलीको गाउँ एउटै हो । विवाह भएको केही वर्षपछि विमलेश र जुलीबीच चिनजान भएको देखिन्छ ।
यो अवधिमा विमलेश वैदेशिक रोजगारीका लागि विदेश गएर आए । त्यही बेला जुली र उनको निरन्तर कुराकानी हुने गरेको परिवारले थाहा पाए । सुरुमा विमलेशको परिवार र आफन्तले जुलीको परिवारलाई भेटेर सम्झाए ।
त्यति गर्दा पनि नभएपछि महोत्तरी प्रहरीमा उजुरी दिए । केटाकेटीले अबका दिनमा कुराकानी नगर्ने सहमति भयो ।
विमलेश फेरि विदेश गए । करिव ६ महिना अगाडि फर्किए । त्यसक्रममा परिवारका सदस्यहरले विमलेश र जुलीबीच सम्वाद भइरहेको थाहा पाए । फेरि परिवार र आफन्तले विमलेशलाई सम्झाए, जुलीलाई बिर्सिन आग्रह गरे ।
उनले आफूले विदेशमा भएको समयमा जुलीका लागि पैसा पठाएको, मोबाइल किनिदिएको सुनाए । ३३ वटा त भौचर नै देखाए । उनका अनुसार ७/८ लाख रकम र मोबोइल पठाएका छन् । यो फिर्ता गर्नुपर्ने उनको माग थियो । फोनलाई लिएर भएको विवादमा विमलेशलाई प्रहरी नियन्त्रणमा समेत परेका थिए ।
यो घटनापछि विमलेश र जुली टाढिएको आफन्तलाई लागेको थियो । उनीहरुले पनि विगत विर्सिएर घर परिवारमा ध्यान दिन सुझाएका थिए । तर आइतबार नसोचेको घटना भयो । जुलीकै कारण विमलेशले ज्यान गुमाउन पुगे ।
शनिबार राति विमलेश र जुली होटलमा भेटेका थिए । राति १० बजेर ५० मिनेटमा विमलेश र जुली एउटै मोटरसाइकलमा होटलमा पुगेका थिए ।
युवती बाहिर बस्छिन्, युवक भित्र गएर कोठा बुक गर्छन् । अनि, बाहिर आएर युवतीलाई लिएर पछाडिको बाटोबाट १०२ नम्बर कोठामा जान्छन् ।
यो सबै दृश्य सीसीभीटी क्यामेरामा कैद भएको छ ।
राति ३ बजेतिर एकाएक होटलको पिढीमा नग्न अवस्थामा विमलेश खस्छन् । रगताम्मे अवस्थामा रहेका उनी लडिरहन्छन् । त्यही बेला जुली भने चप्पल समेत नलगाएर भागेको देखिन्छ ।
केहीबेरमा प्रहरी आइपुग्छ । विमलेश हिँडेर नै एम्बुलेन्सससम्म जान्छन् । तर विहानपख उनको मृत्यु हुन्छ । आइतबार दिउँसो जुली, महोत्तरीको परौल जाने बाटोमा पक्राउ पर्छिन् । उनको साथबाट घटनामा प्रयोग भएको छुरा समेत बरामद भएको छ ।
प्रहरीले सोमबार जुलीलाई सार्वजनिक गरेको छ । र, थप अनुसन्धान भइरहेको बताएको छ ।
तर विमलेशका आफन्तहरुले भने घटनामा जुली बाहेक अरुको पनि संलग्नता हुनसक्ने आशंका गरेका छन् ।
नेपाल शोको सम्पर्कमा आएका एक आफन्तका अनुसार विमलेश झण्डै ७० किलो तैल भएका व्यक्ति हुन् । जुली निकै दुब्ली र पातली छन् । अनि, विमलेश खसेको फुटेज हेर्दा माथिबाट एकभन्दा बढी मानिसको. सलग्नता हुनसक्ने आशंका छ । सीसीटीभी फुटेजमा पनि केही पुरुष बोलेको आवाज सुनिएको छ ।
त्यसैले यसमा अरुको पनि संलग्नता हुनसक्ने आफन्तहरु बताउँछन् । होटलको बुकिङ रेकर्डमा समेत अरुको नाम उल्लेख नभएकाले होटल सञ्चालकहरुमाथि समेत अनुसन्धान गर्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने आफन्तको माग छ ।
भिडियो हेर्नुस्

मन्त्रीज्यू ! घरमै सुत्नुस् संसदमा होइन

महिला टी–२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा हुने

झण्डै २ लाख भत्ता बुझेका थिए, अहिले परिवार नै बेपत्ता

'बाँदरका कारण गाउँमा मान्छे सक्किसके, हामी अपजस खेपेर बस्नुपरेको छ'

मुम्बईबाट २ हप्ताअघि आएका दिदीबहिनी भक्तपुरमा मृत भेटिए
