मण्डलामा 'चन्द्रलाई कसले मार्यो ?'
क्वेयर समुदायको आत्म-अन्वेषणको प्रश्न बोकेको नाटक ‘चन्द्रलाई कसले मार्यो ?' असार २५ गतेदेखि मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।
फरक लैंगिक क्षमता भएका एक व्यक्तिको आफूलाई खोज्दै जाँदाको मानसिक संघर्ष, डिप्रेसन, र आत्महत्या जस्ता संवेदनशील पक्षहरूलाई नाटकले समेटेको छ।
रंगकर्मी सन्दीप श्रेष्ठले परिकल्पना, लेखन तथा निर्देशन गरेको यो नाटकले एलजीबीटीक्यूआइएईप्लस समुदायभित्रको पीडा र उनीहरूले भोग्दै आएको आत्मसंघर्षलाई मुख्य विषयवस्तु बनाएको छ।
सम्बन्धहरूको बदलिँदो स्वरूप, हरेक पात्रको फरक दृष्टिकोण, र ‘चन्द्र’ को आँखाबाट संसार हेर्ने प्रयास यो नाटकमा गरिएको छ।
निर्देशक श्रेष्ठले ‘क्वेयर’ समुदायका धेरै व्यक्तिले वर्षौंदेखि आफ्नो अस्तित्वसँग जुधिरहेका, समाजमा खुलेर बोल्न नसक्ने, र समाजलाई बुझाउने भाषा नपाउने पीडाहरूलाई नाटकमा प्रस्तुत गरेका छन् ।
साउन १८ गतेसम्म मञ्चन हुने नाटकमा निर्देशक श्रेष्ठसहित कलाकारहरू भावना उप्रेती, सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, प्रितिशा अधिकारी र किरण चापागाईं को अभिनय रहेको छ ।
नाटक सोमबार बाहेक प्रत्येक दिन साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० बजे अतिरिक्त शोका साथ मञ्चन हुनेछ।
बालेनलाई भोट दिएँ, रवि छुटाउन आन्दोलनमा गएँ, तिनैले घर न घाटको बनाए
डोजर रोक्ने रास्वपाको निर्णय बालेनले मान्लान् ?
बुद्धको ज्ञान बोलीमा होइन, व्यवहारमा देखाऊ
अनलाइन सपिङमा ठगहरुको बिगबिगी, कसरी जोगिने ?
बालेनको निर्देशनपछि प्रहरीको खानतलासी, आतंकित छ सुकुम्बासी बस्ती


-1777978198.png)



-1778337855.png)
