महिला टी–२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा हुने
नेपालले टी–२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी (आईसीसी) ले महिला टी–२० विश्वकप छनोटको आयोजकमा नेपाललाई चयन गरेको हो ।
महिला टी–२० विश्वकप २०२६ इंग्ल्याण्ड र वेल्समा हुनेछ । यसको लागि जनवरी १२ देखि १६ फेब्रुअरीसम्म छनोट प्रतियोगिता हुनेछ ।
यो नेपाली महिला टोलीका लागि पनि निकै सुखद खबर हो । किनकी नेपाली सिनियर महिला टोली पहिलो पटक छनोट खेल्दैछ । त्यही प्रतियोगिता घरेलु मैदानमा खेल्न पाउँदा होम ग्राउण्डको एड्भान्टेज हुनेछ । दशर्कको साथ समर्थन उत्तिकै रहनेछ ।
सन् २०२४ को विश्वकप खेलेको आधारमा बंगलादेश र आयरल्याण्डले छनोट प्रतियोगितामा स्वतः स्थान बनाएका छन् ।
नेपाल र थाइल्याण्ड एसीया क्षेत्रबाट छनोट भएको छ भने अमेरिकी क्षेत्रबाट अमेरिका आएको छ ।
विश्वकप छनोट खेल्ने ५ टोलीको टुंगो लाग्न बाँकी छ । अफ्रिका र युरोप क्षेबाट २–२ टिम आउने छन् भने इष्ट एसिया प्यासिफिक क्षेत्रबाट एउटा टिम आउनेछ ।
नेपालमा हुने छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा बाँडिनेछ । शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन् र फाइनल हुनेछ ।
प्रतियोगिताको विस्तृत विवरण पछि सार्वजनिक हुने नेपाल क्रिकेट संघले जनाएको छ ।
जेनजी शहीदका शालिक किन बेबारिसे ?
के हो सुस्ताको सीमा समस्या, भारतले किन गर्छ दादागिरी ?
कुन स्कुल बन्द गर्ने, कुनलाई राख्ने ? यस्तो छ सरकारको तयारी
अष्ट्रेलियाका नेपाली किन चाहदैनन् घर फर्किन ?
पोखरामा रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन अनुमति



-1781681783.png)
-1781759377.png)




