महिला टी–२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा हुने
नेपालले टी–२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी (आईसीसी) ले महिला टी–२० विश्वकप छनोटको आयोजकमा नेपाललाई चयन गरेको हो ।
महिला टी–२० विश्वकप २०२६ इंग्ल्याण्ड र वेल्समा हुनेछ । यसको लागि जनवरी १२ देखि १६ फेब्रुअरीसम्म छनोट प्रतियोगिता हुनेछ ।
यो नेपाली महिला टोलीका लागि पनि निकै सुखद खबर हो । किनकी नेपाली सिनियर महिला टोली पहिलो पटक छनोट खेल्दैछ । त्यही प्रतियोगिता घरेलु मैदानमा खेल्न पाउँदा होम ग्राउण्डको एड्भान्टेज हुनेछ । दशर्कको साथ समर्थन उत्तिकै रहनेछ ।
सन् २०२४ को विश्वकप खेलेको आधारमा बंगलादेश र आयरल्याण्डले छनोट प्रतियोगितामा स्वतः स्थान बनाएका छन् ।
नेपाल र थाइल्याण्ड एसीया क्षेत्रबाट छनोट भएको छ भने अमेरिकी क्षेत्रबाट अमेरिका आएको छ ।
विश्वकप छनोट खेल्ने ५ टोलीको टुंगो लाग्न बाँकी छ । अफ्रिका र युरोप क्षेबाट २–२ टिम आउने छन् भने इष्ट एसिया प्यासिफिक क्षेत्रबाट एउटा टिम आउनेछ ।
नेपालमा हुने छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा बाँडिनेछ । शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन् र फाइनल हुनेछ ।
प्रतियोगिताको विस्तृत विवरण पछि सार्वजनिक हुने नेपाल क्रिकेट संघले जनाएको छ ।
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी


-1761836913.jpg)






