नेभिगेशन
3 Minute

एनपीएलको हिसाब सार्वजनिक, पहिलो सिजनमै साढे सात करोड नाफा

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनमा साढे ७ करोडभन्दा बढी नाफा कमाएको छ ।

यसमा फ्रेन्चाइज टिमहरुले आधा करोडभन्दा बढी रकम पाएका छन् भने आयोजक नेपाल क्रिकेट संघको भागमा झण्डै साढे २ करोड परेको छ ।

एनपीएल पहिलो सिजन भव्य भएको थियो । तर, लामो समय आय व्यय सार्वननिक भएको थिएन । यसलाई लिएर प्रश्न समेत उठेको थियो ।

क्रिकेट संघको बिहीबार बसेको बोर्ड बैठकमा आय व्ययसम्बन्धी हिसाव पेश भएको छ । क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिअनुसार एनपीएलको पहिलो सिजनको आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ छ ।

यसमा फ्रेन्चाइज टिमको बिडिङबाटै १६ करोडभन्दा बढी आएको थियो । टिकट, स्पोन्सरबाट पनि उल्लेख्य रकम उठेको पाइएको छ ।

पहिलो सिजनको खर्च भने २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ छ ।

यसअनुसार पहिलो सिजन नै एनपीएल ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ नाफा भएको छ । यसमध्ये ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ ८ वटा फ्रेन्चाइज टिमले पाउने छन् । किनकी टिकट लगायतबाट आएको रकमको आधा उनीहरुले पाउने व्यवस्था छ । फ्रेन्चाइज टिमलाई दिने रकम छुट्याएपछि ३ करोड १६ लाख ५० हजार ७८९ रुपैयाँ बाँकी बस्छ ।

यसमध्ये ७० लाख क्रिकेट संघको प्रदेशहरुले पाउने छन् भने २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्रिकेट संघको भागमा परेको छ ।

सचिव पारस खड्का अनुसार बोर्ड सदस्यहरुले यसबारे थप प्रष्टता खोजेका छन् । यसबारे अध्ययन गरेर आगामी बैठकबाट अनुमोदन गर्ने सहमति भएको छ । साथै दोस्रो सिजनको तयारीमा जुट्ने निर्णय समेत भएको बोर्ड सदस्यहरुले जानकारी दिएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute