हायु परिवार सिन्धुली फर्कियो, अहिले वडाध्यक्षकै घरमा बस्ने
घरगोठ र बस्तुभाउ त्यसै छाडेर बसोबासका लागि पोखरा पुगेका सिन्धुलीका हायु परिवार फेरि आफ्नै गाउँ फर्किएका छन् ।
उनीहरु पोखरा गएको १० दिनपछि सोमबार वडाध्यक्ष रविनकुमार श्रेष्ठ आफैं गएर हायु परिवारका सबै सदस्यलाई सिन्धुली नै फिर्ता ल्याएका हुन् ।
हायु परिवारले कुनै पनि हालतमा पुरानो घरमा नफर्किने भनेको थियो । उनीहरुले धेरै बिरामी भइरहेको, राति राति घरमा ढुंगा हानेको जस्ता कारण देखाएर त्यो घरमा नबस्ने भनेका हुन् ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ का वडाध्यक्ष श्रेष्ठका अनुसार तत्कालका लागि उनीहरु वडाध्यक्षकै घरमा बस्नेछन् ।
वडाध्यक्ष श्रेष्ठ नयाँ घर बनाएर गोलञ्जोर गाउँपालिका–७ मा सरेका छन् । त्यसैले पुरानो घर १ वर्षदेखि खाली नै छ । दुई कोठे पक्की घर र अरु दुईवटा जस्तापाताले छाएका घरहरु हायु परिवारले उपयोग गर्न सक्ने श्रेष्ठले बताए । वडाध्यक्षको घर हायु परिवारको पुरानो घर भन्दा १० किलोमिटर टाढा पर्छ ।
अहिलेलाई आफ्नो घरमा राखे पनि पछि गाउँले र सहयोगी संस्थाले पैसा उठाएर त्यहीँ वरपर जग्गा किनेर घर बनाइदिने श्रेष्ठले बताए ।
साउन १० गते सिन्धुलीका हायु परिवारका १६ जना एक्कासी बेपत्ता भएका थिए । गोठमा भैंसी र घरमा बाख्रा कुखुरा त्यसै छाडेर हिँडेका उनीहरु साउन १२ गते पोखरामा फेला परेका थिए ।
हायु परिवारले पोखरा महानगरपालिका–३० गगनगौंडामा दुईवटा घरमा कोठा भाडामा लिएर बसेका थिए । उनीहरु पोखरामा भेटिएलगत्तै वडाध्यक्ष श्रेष्ठ उनीहरुलाई भेट्न पुगेका थिए । त्यतिबेला हायु परिवारले तत्काल नफर्किने भनेका थिए ।
आफ्नो गाउँ छाडेर टाढा जाँदा भविष्यमा हायु परिवार समस्यामा पर्न सक्ने भएकाले उनीहरुलाई सिन्धुली नै फर्काइएको वडाध्यक्ष श्रेष्ठले बताए ।
डोजर रोक्ने रास्वपाको निर्णय बालेनले मान्लान् ?
बुद्धको ज्ञान बोलीमा होइन, व्यवहारमा देखाऊ
अनलाइन सपिङमा ठगहरुको बिगबिगी, कसरी जोगिने ?
बालेनको निर्देशनपछि प्रहरीको खानतलासी, आतंकित छ सुकुम्बासी बस्ती
जेष्ठ नागरिकहरुमा विर्सने समस्या बढ्दो

-1777651991.jpeg)

-1777978198.png)



