नेभिगेशन
समाज

कक्षा १२ मा ६१ प्रतिशत विद्यार्थी पास, ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ मा

यस वर्षको कक्षा १२ को परीक्षामा करिब ६१ प्रतिशत विद्यार्थी पास भएका छन् । 

नियमित र आंशिक गरी ५ लाख १० हजार ९८७ जनाले कक्षा १२ को परीक्षा दिएका थिए । तीमध्ये २ लाख ८४ हजार ३०५ जना उतीर्ण भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । 

उनका अनुसार नियमिततर्फ ३ लाख ९६ हजार ३४७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये २२ लाख ४२ हजार ४६२ जना उतीर्ण भएका छन् । नियमिततर्फ उतीर्ण दर ६१.१७ प्रतिशत छ । 

त्यस्तै आंशिकतर्फ १ लाख १४ हजार ६४० जना विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये ४१ हजार ८४० जना उतीर्ण भएका छन् । आंशिकतर्फको उतीर्ण प्रतिशत भने जम्मा ३६.४९ प्रतिशत मात्र छ । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १३ हजार ५०२ छ । ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८ जना छन् । 

त्यस्तै २.४१ देखि २.८० जीपीए ल्याउने ५९ हजार ८१२ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.० जीपीए ल्याउने २३ जना छन् । 

कक्षा १२ को परीक्षामा नियमिततर्फ नन ग्रेडेड हुनेको संख्या १ लाख ५३ हजार ८८२ रहेको छ । उनीहरुका लागि ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते सञ्चालन हुनेछ । 

यस वर्ष सबैभन्दा धेरै विद्यार्थी अंग्रेजीमा भएका छन् । अनिवार्य अंग्रेजीमा फेल हुने ६६ हजार २७५ जना छन् । एकाउन्टिङमा फेल हुने ४१ हजार २६३ जना, सामाजिक शिक्षामा ३३ हजार ९२१ जना र नेपालीमा २८ हजार ३५६ जना फेल भएका छन् । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ मा गत वर्ष भन्दा करिब ९ प्रतिशत विन्दुले नतिजा सुधार भएको हो । शिक्षक, विद्यार्थी अभिभावक र स्थानीय तहले राम्रो मिहिनेत गरेकाले नतिजा सुध्रिएको परीक्षा बोर्डका अध्यक्ष शर्माले बताए । 

कक्षा १२ मा २०७८ देखि नयाँ पाठ्यक्रम लागू भएको थियो । नयाँ पाठ्यक्रम सबैलाई सहज हुँदै गएकाले नतिजा सुध्रिदै गएको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज