कुशल मल्लको पुनरागमन, अनिल ड्रप
अष्ट्रेलिया टूरमा जाने नेपाली टोलीको घोषणा भएको छ । टोलीमा कुशल मल्लको पुनरागमन भएको छ भने अनिलकुमार साह ड्रप भएका छन् ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले टप इण्ड टी–२० प्रतियोगिता खेल्ने छ । बेंगलुरुमा अभ्यास गरेको नेपाल टोली सोमबार मात्र फर्किएको छ । लगतै टूरमा जाने १६ खेलाडीको नाम सार्वजनिक भएको छ ।
आयरल्याण्ड टूरमा ड्रप भएका कुशल मल्ल राष्ट्रिय टोलीमा फर्किन सफल भएका छन् । अनिलकुमार साह भने टोलीबाट बाहिरिएका छन् ।
चोटका कारण आयरल्याण्डको टी–२० सिरिज गुमाएका सोमपाल कामी र गुल्सन झा टोलीमा फर्किएका छन् । उनीहरु फर्किएसँगै बसिर अहमद र किरण गठुन्ना टोलीबाट बाहिरिएका छन् ।
अष्ट्रेलिया जाने टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आसिफ शेख भीम सार्की, करण केसी, ललित राजवंशी अटाएका छन् ।
नन्दनकुमार यादव, रुपेश सिंहसँगै लोकेश बमले पनि टोलीमा स्थान बनाएका छन् । नन्दन लिग टू खेल्ने टोलीमा थिए भने रुपेश र लोकेशले टी–२० सिरिजका लागि टोलीमा स्थान बनाएका थिए ।
हेर्नुस् राष्ट्रिय टिमको सूची

कर्णालीलाई च्याम्पियन बनाएको त्यो क्षण
पूजा स्मार्ट क्याप्टेन, अष्ट्रेलियासँग खेल्न नपाउँदा दुःख लाग्यो
क्रिकेटर बन्छु भनेर परिवारमा मनाउनै गाह्रो
क्रिकेट छाडेर राजनीतिमा किन ?
मार्टिन गुप्टिल र एलियस पेरीको ड्रिम विकेट लिएँ



-1781681783.png)
-1781759377.png)




