निजी विद्यालय सञ्चालकको माग : लगानी गर्यौं, नाफा कमाउन देऊ
निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्तिको व्यवस्था हटाउन माग गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गरेर उनीहरुले विधेयकमा राखिएको निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिनुपर्छ भन्ने व्यवस्था हटाउन माग गरेका हुन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक, शिक्षा सामग्री, पोशाक, यातायात लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सेवालाई मानेको छ ।
निजी विद्यालयहरुले भने १० प्रतिशत विद्यार्थीलाई भर्ना शुल्क, वार्षिक शुल्क र मासिक शुल्कमा मात्र छात्रवृत्ति दिन सकिने बताएका छन् ।
आइतबार पत्रकार सम्मेलनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन, नेशनल प्याब्सन, एन प्याब्सन र हिसानका पदाधिकारीहरुले विद्यालय शिक्षा विधेयक सञ्चाउन माग गरेका छन् ।
त्यस्तै शिक्षा विधेयकमा निजी विद्यालयलाई क्रमशः लोककल्याणरी, सेवामूलक र गैरनाफामूलक बनाउँदै लैजाने भनिएको छ । निजी विद्यालय सञ्चालकहरुले विधेयकबाट गैरनाफामूलक भन्ने शब्द हटाउन माग गरेका छन् । उनीहरुले आफूहरुले लगानी गरेर व्यवसाय सुरु गरेपछि नाफा कमाउन पाउनुपर्ने अडान राखेका छन् ।
यदि साउन २८ गतेभित्र विधेयक संशोधन नगरेमा साउन २९ गतेदेखि आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।
निजी विद्यालयका सञ्चालकहरुको कुरा यो भिडियोमा हेर्नुहोस्।
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी


-1761836913.jpg)


-1762264790.jpg)



