पासपोर्ट बनाउन रातिदेखि लाइनमा, अन्डरग्राउन्डमा गुम्सिन्छन् सेवाग्राही
त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको चाप छ । कोरियरन परीक्षाको आवेदन खुलेपछि विभागमा पासपोर्ट बनाउनेको लाइन लामो छ ।
लाइन लामो भएपछि विभागले भूमिगत पार्किङ क्षेत्रमै लाइन लगाएको छ । जहाँ सेवाग्राहीलाई घण्टौं लाइन बस्नुपर्छ । पार्किङमा बत्तीको राम्रो व्यवस्था छैन ।
लाइन बस्ने ठाउँमा खानेपानीको व्यवस्था छैन । हावा राम्रो पास नभएर पार्किङमा सास फेर्न मुस्किल छ ।
बाहिर डकुमेन्ट रिचेक गर्ने ठाउँमा त्यस्तै लामो लाइन छ । उनीहहरु त खुला ठाउँमै घाम पानी नभनी सेवा लिन लाइनमा छन् ।
त्यसैले विभागका अधिकांश सेवग्राहीहरु आक्रोशित छन् । द्रुत सेवका लागि आएका सोवग्राहीहरु सुस्त सेवाले आजित छन् । अनलाइन फारम भरेपनि लामो लाइनमा बस्नुपरेको उनीहरुको गुनासो छ ।
विभागमा पासपोर्ट लिने प्रक्रिया सकाएका सेवाग्राही समयमै राहदानी हात नलागेर वाक्क दिक्क छन् । प्रक्रिया सकेर पासपोर्ट कुरिरहेकाहरुलाई ४ दिनसम्म पनि पासपोर्ट दिइएको छैन ।
उनीहरु दिनभर विभागमा आएर विभागमा बस्छन्, साँझ रित्तै फर्किन्छन् । पासपोर्ट छपाइमा कनि ढिलाइ भयो भन्नेबारे विभागले जानकारी नै दिँदैनन् । अनेक देखाएर उनलाई विभागले पासपोर्ट दिने प्रक्रियामै अल्झाइहरेको छ ।
राहदानी विभागले सेवाग्राहीका यस्ता समस्या समाधानमा कति पनि गम्भीर छैन । यसैबारेको यो फिल्ड रिपोर्ट ।
इन्डक्सन कि इन्फ्रारेड ? मूल्य र बिजुली बिलको हिसाब किताब
खुला चौरमा फ्रि ग्यास, जसले पनि गर्न पाउँछ प्रयोग
छुट्टीमा आएर विवाह गर्छु भन्थे, शव कुर्दैछन् बाबुआमा
एकै छिनमा मेटियो दाउरा थकाली, कसरी लाग्यो आगो ?
काठमाडौंमा थरिथरिका चोर, बालेनकै घर जोगिएन

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)
