पासपोर्ट बनाउन रातिदेखि लाइनमा, अन्डरग्राउन्डमा गुम्सिन्छन् सेवाग्राही
त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको चाप छ । कोरियरन परीक्षाको आवेदन खुलेपछि विभागमा पासपोर्ट बनाउनेको लाइन लामो छ । 
लाइन लामो भएपछि विभागले भूमिगत पार्किङ क्षेत्रमै लाइन लगाएको छ । जहाँ सेवाग्राहीलाई घण्टौं लाइन बस्नुपर्छ । पार्किङमा बत्तीको राम्रो व्यवस्था छैन । 
लाइन बस्ने ठाउँमा खानेपानीको व्यवस्था छैन । हावा राम्रो पास नभएर पार्किङमा सास फेर्न मुस्किल छ । 
बाहिर डकुमेन्ट रिचेक गर्ने ठाउँमा त्यस्तै लामो लाइन छ । उनीहहरु त खुला ठाउँमै घाम पानी नभनी सेवा लिन लाइनमा छन् । 
त्यसैले विभागका अधिकांश सेवग्राहीहरु आक्रोशित छन् । द्रुत सेवका लागि आएका सोवग्राहीहरु सुस्त सेवाले आजित छन् । अनलाइन फारम भरेपनि लामो लाइनमा बस्नुपरेको उनीहरुको गुनासो छ । 
विभागमा पासपोर्ट लिने प्रक्रिया सकाएका सेवाग्राही समयमै राहदानी हात नलागेर वाक्क दिक्क छन् ।  प्रक्रिया सकेर पासपोर्ट कुरिरहेकाहरुलाई ४ दिनसम्म पनि पासपोर्ट दिइएको छैन । 
उनीहरु दिनभर विभागमा आएर विभागमा बस्छन्, साँझ रित्तै फर्किन्छन् । पासपोर्ट छपाइमा कनि ढिलाइ भयो भन्नेबारे विभागले जानकारी नै दिँदैनन् ।  अनेक देखाएर उनलाई विभागले पासपोर्ट दिने प्रक्रियामै अल्झाइहरेको छ । 
राहदानी विभागले सेवाग्राहीका यस्ता समस्या समाधानमा कति पनि गम्भीर छैन । यसैबारेको यो फिल्ड रिपोर्ट । 
 
                                                    राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
                                                    थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
                                                    राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
                                                    दिनरात काम, तलब चाहिँ १५ हजार !
                                                    खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
                                                    
                    

-1761836913.jpg)






