कैलालीको गेटामा डा. केसीले सुरु गरे सत्याग्रह
                                                                    
                                
                            चिकित्सक शिक्षा सुधारका अभियन्यता डा. गोविन्द केसीले कैलालीको गेटास्थित मेडिकल विश्वविद्यालयबाट सत्याग्रह सुरु गरेका छन् । उनले विभिन्न ४ वटा माग राख्दै ३ दिने सत्याग्रह घोषणा गरेका छन् ।
पटक पटकको अनशनका कारण चिकित्सा शिक्षा ऐन बनेर चिकित्सा शिक्षा आयोग गठन भएपछि चिकित्सा शिक्षामा क्रमिक सुधार हुँदै गएको केसीले बताएका छन् ।
तर चिकित्सा शिक्षा ऐनको मर्म विपरीत र प्रधानमन्त्री केपी शर्मा ओलीको नाजायज र प्रत्यक्ष हस्तक्षेपका कारण चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरुको सिट बढाउने गैरजिम्मेवार निर्णय गरेको उनको भनाइ छ ।
यसले चिकित्सिा शिक्षा ऐनको अस्तित्व नै धरापमा पारेको भन्दै उनले सिट बढाउने निर्णयले नेता र माफियाको झोला भरिने तर मेडिकल शिक्षाको गुणस्तरमा ह्रास आउने केसीले बताए ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालमा त्यति धेरै पूर्वाधार र बिरामी संख्या हुँदा पनि गुणस्तरलाई हेरेर सिट संख्या थप नभएको भन्दै उनले त्यसको एक तिहाइ पूर्वाधार र १० प्रतिशत बिरामी पनि नभएको मेडिकल कलेजलाई १३० सिट दिनु गलत भएको बताएका छन् ।
केसीले चिकित्सा शिक्षा आयोगले गरेको निजी मेडिकल कलेजहरुको विद्यार्थी सिट संख्या वृद्धिको निर्णय फिर्ता लिन माग गरेका छन् । त्यस्तै इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न माग गरेका छन् ।
एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न पनि उनले माग गरेका छन् । ऐन अनुरुप मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउने र सरकारी अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न लगायत सबै सम्झौता र मागहरु कार्यान्वयन गर्न पनि केसीले माग गरेका छन् ।
उनले लिपु्लेकमा अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र सो कार्यको सुनिश्चितता गर्न नेपाल सरकारसाग माग गरेका छन् ।
केसीले युक्रेन र गाजामा भइरहेको नरसंहार र युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायल समक्ष माग गरेका छन् ।
                                                    राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
                                                    थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
                                                    राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
                                                    दिनरात काम, तलब चाहिँ १५ हजार !
                                                    खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
                                                    
                    

-1761836913.jpg)






