अब नेपाल आउने हरेक विदेशी नागरिकको अनुगमन
                                                                    
                                
                            १७ भदौ, काठमाडौं । सरकारले भारतीयसहित विदेशी नागरिकहरुको विवरण राख्ने भएको छ । यसका लागि अध्यागमन विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली विकास गरेको छ ।
विभागले मंगलबार सूचना निकालेर असोज १ गतेदेखि उपत्यकाका ५ तारे होटलहरुमा यसलाई लागू गर्ने समेत बताएको छ ।
दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, ट्राभल कम्पनी, मनी एक्सचेञ्जरमा लागू हुनेछ । क्रमशः सबै होटल, गेष्ट हाउस र सार्वजनिक तथा निजी संस्थाबाट प्रभाव हुने सेवामा समेत यो लागू हुने विभागले जनाएको छ ।
नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुको विवरण अध्यागमन विन्दुमा संकलन गरिन्छ । तर त्यसपछि उनीहरु कहाँ गए ? के गरिरहेका छन् भन्ने अनुगमन गर्ने प्रणाली थिएन ।
अब यो प्रणाली लागू भएपछि यो सबै सूचना संकलन हुन्छ । किनकी विदेशी नागरिकलाई सेवा प्रदान गर्नेहरुले विदेशी नागरिकको पासपोर्ट नम्बर, भिसा अवधि, चेक इन र आउट जस्ता विवरण अध्यागमन विभागले विकास गरेको नयाँ प्रणालीमा अपडेट गर्नुपर्छ ।
विदेशी नागरिक स्वयंले मोबाइल एप डाउनलोड गरेर क्वूआर स्क्यान गरेर पनि आफ्नो विवरण अपेडट गर्ने सुविधा छ ।
यसले नेपाल प्रवेश गरेका विदेशी नागरिकरुको बसोबास र गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्न र आपतकालीन अवस्थामा खोज तथा उद्दारमा सहज हुने विभागको विश्वास छ ।
                                                    राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
                                                    थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
                                                    राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
                                                    दिनरात काम, तलब चाहिँ १५ हजार !
                                                    खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
                                                    
                    

-1761836913.jpg)






