अब नेपाल आउने हरेक विदेशी नागरिकको अनुगमन
१७ भदौ, काठमाडौं । सरकारले भारतीयसहित विदेशी नागरिकहरुको विवरण राख्ने भएको छ । यसका लागि अध्यागमन विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली विकास गरेको छ ।
विभागले मंगलबार सूचना निकालेर असोज १ गतेदेखि उपत्यकाका ५ तारे होटलहरुमा यसलाई लागू गर्ने समेत बताएको छ ।
दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, ट्राभल कम्पनी, मनी एक्सचेञ्जरमा लागू हुनेछ । क्रमशः सबै होटल, गेष्ट हाउस र सार्वजनिक तथा निजी संस्थाबाट प्रभाव हुने सेवामा समेत यो लागू हुने विभागले जनाएको छ ।
नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुको विवरण अध्यागमन विन्दुमा संकलन गरिन्छ । तर त्यसपछि उनीहरु कहाँ गए ? के गरिरहेका छन् भन्ने अनुगमन गर्ने प्रणाली थिएन ।
अब यो प्रणाली लागू भएपछि यो सबै सूचना संकलन हुन्छ । किनकी विदेशी नागरिकलाई सेवा प्रदान गर्नेहरुले विदेशी नागरिकको पासपोर्ट नम्बर, भिसा अवधि, चेक इन र आउट जस्ता विवरण अध्यागमन विभागले विकास गरेको नयाँ प्रणालीमा अपडेट गर्नुपर्छ ।
विदेशी नागरिक स्वयंले मोबाइल एप डाउनलोड गरेर क्वूआर स्क्यान गरेर पनि आफ्नो विवरण अपेडट गर्ने सुविधा छ ।
यसले नेपाल प्रवेश गरेका विदेशी नागरिकरुको बसोबास र गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्न र आपतकालीन अवस्थामा खोज तथा उद्दारमा सहज हुने विभागको विश्वास छ ।
काठमाडौंमा मृगौला किनबेचको असफल प्रयास
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
बालश्रमसम्बन्धी नयाँ विधेयक : बालेनले अब भन्नु पर्दैन सरी !
कृषि अनुदानको नाममा राज्यकोषको यो हदको दुरुपयोग !
सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा








