मध्यरातमा शौचालय फ्लस नगर्नुस्, प्रहरी कारबाहीमा पर्नुहोला

१९ भदौ, काठमाडौं । तपाईँका कारण छिमेकीलाई डिस्टब त भइरहेको छैन ? छ भने आफ्नो आचरण सुधार गर्नुहोस् । नभए प्रहरी कारबाहीमा परिएला ।
किनकी काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले नयाँ क्याम्पेन सुरु गरेको छ, शान्त तथा अवरोधमुक्त छिमेकी अभियान ।
प्रवक्ता शेखर खनालका अनुसार अहिले मानवीय क्रियाकलापका कारण ध्वनी प्रदुषण हुने गरेको छ । यसले गर्भवति महिला, बृद्धबृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारीरिक स्वास्थ्यमा असर परेको छ । तर यसबारे गुनासो सुन्ने र सम्बोधन गर्ने कुनै व्यवस्था छैन ।
त्यसैले उपत्यका प्रहरीले शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको हो ।
यसका लागि प्रहरीले केके नगरौं भनेर सूचना नै निकालेको छ ।
यसमा भनिएको छ, पार्टी वा जमघट गर्दा छिमेकीलाई असजिलो हुने गरी नगरौं, अबेरसम्म म्युजिक बजाएर नाचगान नगरौं । धार्मिक वा संस्कृति कार्यक्रम छ भने पनि ध्वनी नियन्त्रण गरौं ।
यदि तपाईँ घरमा संगित अभ्यास गर्नुहुन्छ भने ध्वनी नियन्त्रण गर्ने उपकरणको प्रयोग गर्नुहोस् । कुकुरा, कुखुरा जस्ता जनावर पाल्नु भएको छ भने वातावरण असन्त हुन नदिनुस् । अनि सडकमा फोहोर नफाल्नुहोस् ।
प्रहरीले यति भनेको छैन । फोनमा कुरा गर्दा, राति गेट खोल्दा, शौचालयमा फ्लस गर्दा वा विहान नित्यकर्म गर्दा तपाईँका कारण छिमेकीलाई डिस्र्टब नगर्न आग्रह गरेको छ ।
प्रहरीको सूचनामा भनिएको छ, फोनमा कुरा गर्दा आवाज कम गरौं वा हेडफोन प्रयोग गरौं, म्यासेजमा सम्वाद गरौं ।
अबेरसम्म ठूलो स्वरले गफ नगरौं । भान्सामा भाडाँकुडाँको ठूलो आवाज ननिकालौं । राति अवेर वा विहान सबेरै प्रेसर कुकरमा सिठ्ठी लगाउने काम नगरौं ।
यसैगरी राति गेट ढकढक्याउने वा बेल बनाउने काम नगरौं । फोनको प्रयोग गरेर ढोका खोल्न लगाऔं, ताकि छिमेकीलाई डिस्टब नहोस् । मोटरसाइकल वा अन्य सवारी साधान विहानैै स्टार्ट गर्दा ठूलो आवाज ननिकाल्न समेत आग्रह गरेको छ ।
राति अवेर शौचालय फ्लस गर्दा ध्वनी कम गर्ने उपाय अपनाऔं । विहानको नित्यकर्म गर्दा अनाश्यक खोक्ने, खकार्ने काम नगरौं ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार यदि माथिल्लो तलामा बस्ने मानिसले राति अवेर शौचालय फ्लस गर्यो भने तल्लो तलामा बस्नेहरुलाई डिस्टब हुनसक्छ । त्यही कारण विदेशतिर राति फ्लस नगर्ने वा ध्वनी कम गराउने गरिन्छ । त्यही भएर उहाँ पनि यसबारे सचेत गराइएको हो ।
साथै प्रहरीले कसैले ध्वनी प्रदुषण गरेर छिमेकमा डिस्टब गरेको छ भने प्रहरी कन्ट्रोल १०० र ट्राफिक कन्ट्रोल १०३ मा खबर गर्न समेत आग्रह गरेको छ ।
ध्वनी प्रदुषणमा कारबाही गर्ने अधिकार स्थानीय तहलाई छ । यसमा ३ लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ । त्यही कानुनी उपचारको बाटो देखाउन प्रहरीले सक्रियता देखाएको हो ।
एसएसपी खनाल भन्छन्, ध्वनी प्रदुषणबारे उजुरी आएमा प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्न सम्वन्धित निकायलाई बुझाउँछ ।’

दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

हरेक उथलपुथलपछि आउँछ सन्दुकलाई प्रस्ताव, उनी भन्छन् – बिरामीको सेवामै खुशी छु

सर्वोच्चको नियमित सेवा अनिश्चितकालका लागि स्थगित

आन्दोलनका नाममा आगजनी योजनावद्ध षड्यन्त्र हुनसक्छ : प्रधानमन्त्री कार्की

आइसक्रिम चोर्ने शिक्षकको जागिर चट्
