सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गर्ने ५ जना पक्राउ
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको विरोधमा बानेश्वरमा प्रदर्शन गर्ने ५ जना पक्राउ परेका छन् ।
बानेश्वरमा संसद भवन बाहिर प्रदर्शनमा उत्रिएका ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
पक्राउ पर्नेमा युथ कंग्रेस नेपालका महामन्त्री प्रभातकुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, सुजनराज गिरी, धिरज सञ्जेल र आशिष शर्मा छन् ।
उनीहरुले मुकमा मास्क र कालोटेप टाँसेर हातमा प्लाकार्ड प्रदर्शन गरेका थिए । प्लाकार्डमा प्रतिबन्ध होइन, ऐनमार्फत नियमन गर, स्टाटस लेख्न नपाउने भए मन्त्रीजीको भाषण पनि म्युट गर जस्ता नारा लेखेका थिए ।
सरकारले नेपालमा दर्ता नभएको कारण देखाएर फेसबुक, म्यासेन्जर, ह्वाटसएप, युट्युब, इन्स्टाग्रामलगायतका २६ वटा सामाजिक सञ्जाल प्लाटफार्म नेपालमा निष्क्रिय गराएको छ ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरकारको यो कदमको विरोध भइरहेको छ । शनिबार यसकै विरोधमा सडक प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इन्डक्सन कि इन्फ्रारेड ? मूल्य र बिजुली बिलको हिसाब किताब
खुला चौरमा फ्रि ग्यास, जसले पनि गर्न पाउँछ प्रयोग
छुट्टीमा आएर विवाह गर्छु भन्थे, शव कुर्दैछन् बाबुआमा
एकै छिनमा मेटियो दाउरा थकाली, कसरी लाग्यो आगो ?
काठमाडौंमा थरिथरिका चोर, बालेनकै घर जोगिएन

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)
