समाज
                                                        भोलि जेनजी पुस्ताले विरोध प्रदर्शन गर्ने
                                                                    
                                
                            २१ भदौ, काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताले भोलि सोमबार प्रदर्शन गर्ने भएका छन् ।
सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरुलाई जेनजी पुस्ता भनिन्छ । उनीहरुले भोलि भदौ २३ गते सोमबार माइतीघर मण्डलामा विहान ११ बजे प्रदर्शन गर्न लागेका हुन् ।
प्रदर्शनमा सहभागी हुन चाहनेहरुलाई विद्यालय/कलेजको पोशाकमा परिचयपत्र, कम्तिमा एउटा किताब र ए–फोर साइजको खाली कागजसहित आउन भनिएको छ ।
सरकारले शुक्रबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको थियो । यही निर्णयका कारण फेसबुक, युट्युब, ह्वाट्सएप लगायत २६ वटा सञ्जाल बन्द भएको छ ।
अहिले नेपालमा टिकटक, भाइबरसहितका सिमित एप मात्र चल्ने अवस्था छ । 
 
                                                                    प्रकाशित मिति: 
                                            आइतबार, भदौ २२, २०८२
                                        
                                                            
                            प्रतिक्रिया दिनुहोस्
                                
                                थप
                                                समाज
                                                                        
                                                    राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
                                                                                                                    सोमबार, कात्तिक १७, २०८२
                                                                                                            
                                                
                                                    थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
                                                                                                                    आइतबार, कात्तिक १६, २०८२
                                                                                                            
                                                
                                                    राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
                                                                                                                    आइतबार, कात्तिक १६, २०८२
                                                                                                            
                                                
                                                    दिनरात काम, तलब चाहिँ १५ हजार !
                                                                                                                    शुक्रबार, कात्तिक १४, २०८२
                                                                                                            
                                                
                                                    खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
                                                                                                                    बिहीबार, कात्तिक १३, २०८२
                                                                                                            
                                                
                                                    साम्बा बिना नै नेपालले भारतलाई हरायो
                                                                                                                    बुधबार, कात्तिक १२, २०८२
                                                                                                            
                                                ट्रेन्डिङ
                
                    

-1761836913.jpg)






