समाज
भोलि जेनजी पुस्ताले विरोध प्रदर्शन गर्ने
२१ भदौ, काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताले भोलि सोमबार प्रदर्शन गर्ने भएका छन् ।
सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरुलाई जेनजी पुस्ता भनिन्छ । उनीहरुले भोलि भदौ २३ गते सोमबार माइतीघर मण्डलामा विहान ११ बजे प्रदर्शन गर्न लागेका हुन् ।
प्रदर्शनमा सहभागी हुन चाहनेहरुलाई विद्यालय/कलेजको पोशाकमा परिचयपत्र, कम्तिमा एउटा किताब र ए–फोर साइजको खाली कागजसहित आउन भनिएको छ ।
सरकारले शुक्रबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको थियो । यही निर्णयका कारण फेसबुक, युट्युब, ह्वाट्सएप लगायत २६ वटा सञ्जाल बन्द भएको छ ।
अहिले नेपालमा टिकटक, भाइबरसहितका सिमित एप मात्र चल्ने अवस्था छ ।
प्रकाशित मिति:
आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
ट्रेन्डिङ

-1790087654.png)






