न्हुः पोखरीमा बनेको अनाधिकृत संरचनामा महानगरको डोजर
२२ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले न्हुः पोखरी उत्तरपूर्व पोखरीको डिलमा रहेका अनाधिकृत संरचना हटाएको छ ।
अनाधिकृत संरचना हटाउन आग्रह गर्दै महानगरले साउन १७ गते ३५ दिने सूचना निकालेको थियो । त्यो अवधिमा पनि संरचना हटाउन अटेर गरेपछि महानगरले आइतबार डोजर लगाएको हो ।
न्हुः पोखरीको उत्तरपूर्व भागमा बनेको संरचना वुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएका थिए । वुद्धि विकास मण्डलका अध्यक्ष पवन रानामगर आफूहरु पोखरीको विरोधी नभएको बताउँछन् । महागरसँग पटकपटक छलफल भएको पनि स्वीकार गरे । तर आफूहरुलाई विकल्प दिन आग्रह गर्न महानगरले नमानेको उनको दाबी छ ।
वुद्धि विकास मण्डल आन्तरिम आदेशको माग गर्दै साउन १८ गते उच्च अदालत, पाटन गएको थियो । तर अन्तरिम आदेश दिएन ।
महानगरले भने वडा नम्बर ५ जावलाखेलमा रहेको ऐतिहासिक न्हुः पोखरीलाई जिर्णोद्वार तथा पुनःनिर्माण गर्ने बताएको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नगर कार्यपालिकाबाट स्वीकृत भएर बजेट समेत विनियोजन भइसकेको छ ।
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड

-1790087654.png)






