२५ हजार मेगावाटका जलविद्युत आयोजना अन्यौलमा
                                                                    
                                
                            २२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले वन ऐन खारेज गरेपछि करिव २५ हजार मेगावाट क्षमताका जलविद्युत आयोजना अड्किएका छन् । सरकारद्वारा अध्यादेशमार्फत ल्याइएको वन ऐन संसदबाट पारित भएपनि सर्वोच्चले कानूनविरुद्ध ठहर गर्दै खारेज गरेपछि विकासको गति रोकिएको उर्जा उत्पादक बताउँछन् ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीका अनुसार कानूनी पूर्णपाठ नआएको झण्डै ६–७ महिना भइसकेको छ । यसबीच कुनै पनि आयोजना अघि बढ्न सकेका छैनन् ।
उनका अनुसार यसले अर्बौंको क्षति पुर्याइरहेको छ । ऊर्जा क्षेत्रमा लगानी जुटाउने अर्काे माध्यम धितोपत्र बजार पनि प्रभावकारी हुन सकेको छैन । उनकाअनुसार स्थानीयलाई १० प्रतिशत शेयर दिनैपर्ने कानूनी बाध्यता र आइपीओमा अनिवार्य जाने व्यवस्थाले पनि आयोजनालाई दबाब दिएको छ ।
हाल २० हजार मेगावाटभन्दा बढीका आयोजना पावर पर्चेज एग्रिमेन्ट (पीपीए) नपाएर रोकिएका छन्, तर पनि विद्युत विभागले लाइसेन्स दिन छाडेको छैनन् ।
एकातिर लाइसेन्स दिने एकातिर पीपीए रोकिनुले सरकारको चरित्रमाथि प्रश्न उठेको कार्की बताउछन् । उनकाअनुसार भर्खरै ५ हजार मेगावाटका आयोजना पीपीएका लागि आवेदन दिइए पनि अघि बढ्ने–नबढ्ने अन्योल छ ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष कार्कीले भने, ‘नेपाल सरकारले सहज गरौं भनेर अध्यादेशमार्फत ९ ओटा ऐन ल्यायो । त्यसमध्ये एउटा वन ऐन पनि थियो । सरकारले ल्याएको ऐन संसदमा लगेर पास समेत भयो । तर सर्वोच्चले त्यसलाई कानून बाझिएको भन्दै खारेज गरेको अवस्था छ ।’
उनले अगाडि भने, झन्डै ६/७ महीना भन्दा बढी भइसक्यो । यो पूर्णपाठ आएको छैन । कुनैपनि फाइल अहिले अघि बढ्न सकेका छैनन् । २०–२५ हजार मेगावाटका आयोजनाहरुलाई क्षति भएको छ ।’ 
 
                                                    राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
                                                    थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
                                                    राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
                                                    दिनरात काम, तलब चाहिँ १५ हजार !
                                                    खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
                                                    
                    

-1761836913.jpg)






