जेनजी पुस्ताको प्रदर्शनलाई बालेनको समर्थन
सोसल मिडियामाथि प्रतिबन्धको विरोधमा युवाहरुले गर्ने सोमबारको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समर्थन गरेका छन् ।
उनले आफू जेनजी पुस्ता पार भइसकेकाले प्रदर्शनमा सहभागी नहुने तर आफ्नो समर्थन रहने बताएका छन् ।
मेयर बालेन शाहले जेनजी पुस्ताको कुरा बुझ्न जरुरी रहेको पनि बताएका छन् । जेनजी पुस्ताको र्यालीमागएर कुनै पार्टी, नेता कार्यकर्ता, सांसद, अभियन्ताहरुले आफ्नो स्वार्थ पूरा गर्न नखोज्न पनि बालेनले आग्रह गरेका छन् ।
सरकारले गत बिहीबारदेखि फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, युटयुबजस्ता धेरै प्रयोगकर्ता रहेका सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लगाएको छ । त्यसको देशव्यापी विरोध भइरहेको छ ।
जेनजी पुस्ताको अगुवाइमा सोमबार काठमाडौंको माइतीघरमा सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा प्रदर्शन हुँदैछ । देशका अरु ठूला शहरहरुमा पनि प्रदर्शन आयोजन गरिएको छ ।
जेनजी शहीदका शालिक किन बेबारिसे ?
के हो सुस्ताको सीमा समस्या, भारतले किन गर्छ दादागिरी ?
कुन स्कुल बन्द गर्ने, कुनलाई राख्ने ? यस्तो छ सरकारको तयारी
अष्ट्रेलियाका नेपाली किन चाहदैनन् घर फर्किन ?
पोखरामा रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन अनुमति



-1781681783.png)
-1781759377.png)




