Cricball Show
                                                        एरिका दुई लाखसहित सम्मानित
                                                                    
                                
                            २२ भदौ, काठमाडौं । नेपाली खेलकुदमा ऐतिहासिक पदक दिलाउन सफल करातेकी एरिका गुरुङ नगद पुरस्कारसहित सम्मानित भएकी छन् ।
नेपाल कराते महासंघले आइतबार एरिकालाई नगद दुई लाख रुपैयाँसहित सम्मान गरेको हो । महासंघ अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले एरिकालाई दुई लाख बराबरको चेक र सम्मानपत्र हस्तान्तरण गरे ।
एरिकाले गत जेठ १९ गते मोरक्कोमा सम्पन्न विश्व कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी थिइन् ।
विश्व कराते महासंघका उत्कृष्ट ३२ खेलाडीले मात्र खेल्न पाउने प्रिमियर लिगमा एरिकाले कांस्य पदक जितेकी हुन् ।
यो पदक नेपाली करातेमा ऐतिहासिक र पहिलो हो ।
यसबाहेक उनीसँग अन्य कीर्तिमान पनि छ । उनले चीनको झाङझाउमा हुने १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।
 
                                                                    प्रकाशित मिति: 
                                            आइतबार, भदौ २२, २०८२
                                        
                                                            
                            प्रतिक्रिया दिनुहोस्
                                
                                थप
                                                Cricball Show
                                                                        
                                                    लिग टूमा नेपालको लगातार तेस्रो हार
                                                                                                                    शनिबार, कात्तिक १५, २०८२
                                                                                                            
                                                
                                                    NPL मा कुशल मल्लको विकेट लिन चाहन्छु
                                                                                                                    बुधबार, कात्तिक १२, २०८२
                                                                                                            
                                                
                                                    नेपालले भारतलाई उसकै भूमिमा हरायो, साबित्राको उत्कृष्ट प्रदर्शन
                                                                                                                    सोमबार, कात्तिक १०, २०८२
                                                                                                            
                                                
                                                    लिग टू खेल्न नेपाली टोलीको घोषणा, अनिल र भीमको पुनरागमन
                                                                                                                    शनिबार, कात्तिक १, २०८२
                                                                                                            
                                                
                                                    नेपाल बन्यो विश्वकप छनोट प्रतियोगिताको च्याम्पियन
                                                                                                                    शुक्रबार, असोज ३१, २०८२
                                                                                                            
                                                
                                                    नेपालले तेस्रो पटक विश्वकप क्रिकेट खेल्ने पक्का
                                                                                                                    बुधबार, असोज २९, २०८२
                                                                                                            
                                                ट्रेन्डिङ
                
    
                    
-1761836913.jpg)







