जेन–जीको विशाल प्रदर्शन
२३ भदौ, काठमाडौं । नयाँ पुस्ता सडकमा उत्रिएको छ । त्यो पनि भ्रष्टचार र सरकारको मनोमानी विरुद्ध ।
सरकारले फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि जेन–जी विरोधमा उत्रिएका हुन् ।
पछिल्ला दिनहरुमा उनीहरुले टिकटक, रेडिट लगायतका सामाजिक सञ्जालमा नेपो बेबी अभियान चलाएका थिए ।
राजनीतिक तथा प्रभावशाली व्यक्तिको सन्तानलाई नेपो बेबीको उपनाम दिइएको हो । यो अभियानमा सहभागीहरुले एकातिर नेपो बेबीको आलिसान जीवनशैली, अर्कातर्फ दुःख पाएका जनताको तस्वीर राख्ने गरेका थिए ।
त्यही बेला सरकारले नेपालमा दर्ता नभएको भन्दै एकसाथ २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि जेन–जी पुस्ता सडकमा आएका हुन् । विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर उनीहरु विहानैदेखि माइतीघरमा जम्मा भएका थिए । अहिले विशाल जुलस बानेश्वरतर्फ अगाडी बढेको छ ।
यसलाई जेन–जीको आन्दोलन भनिएको छ । जेनजी–त्यही पुस्ता हो, जो अहिले २८ वर्षसम्मको छ ।
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड

-1790087654.png)






