घाइतेले भरिभराउ छ सिभिल अस्पताल
२३ भदौ, काठमाडौं । बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले अति बल प्रयोग गर्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् ।
सिभिल अस्पताल घाइतेहरुले भरिएको छ । बेडमा राख्ने ठाउँ नभएपछि लविमा राखिएको छ । धेरै जटिल अवस्थाका घाइतेहरुले समयमा उपचार समेत नपाउने अवस्था छ ।
घाइतेहरुलाई राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, केएमसी अस्पतालर एभरेस्ट अस्पतालमा पनि उपचारका लागि लगिएको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीहरुले प्रदर्शन गरेका थिए । हजारौंको संख्यामा रहेका प्रदर्शनकारी बानेश्वर क्षेत्रमा आइपुगेपछि तनाव बढेको थियो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार अपराह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको छ ।
तर अहिले पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ ।
मृतकको संख्या यकिन भइसकेको छैन । तर प्रहरीको गोली लागेर ठूलो मानवीय क्षति भएको छ ।
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी


-1761836913.jpg)






