घाइतेले भरिभराउ छ सिभिल अस्पताल
२३ भदौ, काठमाडौं । बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले अति बल प्रयोग गर्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् ।
सिभिल अस्पताल घाइतेहरुले भरिएको छ । बेडमा राख्ने ठाउँ नभएपछि लविमा राखिएको छ । धेरै जटिल अवस्थाका घाइतेहरुले समयमा उपचार समेत नपाउने अवस्था छ ।
घाइतेहरुलाई राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, केएमसी अस्पतालर एभरेस्ट अस्पतालमा पनि उपचारका लागि लगिएको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीहरुले प्रदर्शन गरेका थिए । हजारौंको संख्यामा रहेका प्रदर्शनकारी बानेश्वर क्षेत्रमा आइपुगेपछि तनाव बढेको थियो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार अपराह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको छ ।
तर अहिले पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ ।
मृतकको संख्या यकिन भइसकेको छैन । तर प्रहरीको गोली लागेर ठूलो मानवीय क्षति भएको छ ।
काठमाडौंमा मृगौला किनबेचको असफल प्रयास
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
बालश्रमसम्बन्धी नयाँ विधेयक : बालेनले अब भन्नु पर्दैन सरी !
कृषि अनुदानको नाममा राज्यकोषको यो हदको दुरुपयोग !
सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा








