समाज
डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई सेनाले रोक्यो
देशका धेरै कारागारबाट कैदीबन्दी भागेपछि काठमाडौंको डिल्लीबजार कारागारका कैदीबन्दीले पनि आफूहरुलाई छाडिदिन माग गरेका छन् ।
उनीहरु कारागार बाहिर निस्केर डिल्लीबजारको सडकमा निस्केर आगजनी र नाराबाजी गरेका छन् । उनीहरुले कारागारको गेट र अन्य सामानहरु जम्मा पारेर सडकमा जलाएका छन् ।
कैदीबन्दीले आफूहरुलाई साधारण तारेखमा छाड्न माग गरेका छन् । डिल्लीबजार कारागार बाहिर बाक्लो संख्यामा नेपाली सेना परिचालन गरिएको छ र सेनाले उनीहरुलाई भाग्नबाट रोकेको छ ।
कारागारभित्र र बाहिर कैदीबन्दीले बालेको आगो सशस्त्र प्रहरी बल र ललितपुर महानगरपालिकाको दमकलले निभाएको छ ।
प्रकाशित मिति:
बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






