नेभिगेशन
समाज

डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई सेनाले रोक्यो

देशका धेरै कारागारबाट कैदीबन्दी भागेपछि काठमाडौंको डिल्लीबजार कारागारका कैदीबन्दीले पनि आफूहरुलाई छाडिदिन माग गरेका छन् ।

उनीहरु कारागार बाहिर निस्केर डिल्लीबजारको सडकमा निस्केर आगजनी र नाराबाजी गरेका छन् । उनीहरुले कारागारको गेट र अन्य सामानहरु जम्मा पारेर सडकमा जलाएका छन् ।

कैदीबन्दीले  आफूहरुलाई साधारण तारेखमा छाड्न माग गरेका छन् । डिल्लीबजार कारागार बाहिर बाक्लो संख्यामा नेपाली सेना परिचालन गरिएको छ र सेनाले उनीहरुलाई भाग्नबाट रोकेको छ । 

कारागारभित्र र बाहिर कैदीबन्दीले बालेको आगो सशस्त्र प्रहरी बल र ललितपुर महानगरपालिकाको दमकलले निभाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज